Comments Add Comment

बम विस्फोट गराउनेलाई चिन्छु, चुनावपछि नाम भन्छुः उपेन्द्र यादव

१७ मंसीर, सप्तरी। संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूलाई लक्षित गरी बम प्रहार गराउने व्यक्तिलाई आफूले चिनेको बताएका छन् । यद्यपि अहिले उनको नाम सार्वजनिक नगर्ने उनको भनाइ छ ।

राजपा अध्यक्ष मण्डलका सदस्य तथा धनुषा क्षेत्र नम्बर ३ का उम्मेदवार राजेन्द्र महतोको धनुषाको फूलगामास्थित चुनावी सभामा सहभागी भएर राजविराजतर्फ फर्किने क्रममा अध्यक्ष यादवलाई लक्षित गरेर शनिबार साँझ बम प्रहार गरिएको थियो ।

बम यादव सबार गाडी भन्दा केहि मिटर पर पडिकएकाले उनी सुरक्षित छन् । ‘बम कसले राखेको भन्ने थाहा छ’ अध्यक्ष यादवले भने, ‘शंका, उप शंका मात्रै होइन, बिष्फोट गराउने मान्छेलाई चिन्छु । चुनावपछि नाम सार्वजनिक गर्छु ।’

राजेन्द्र महतोको चुनावी सभामा नजान धेरै नै रोक्ने प्रयास भएको बताउँदै अध्यक्ष यादवले भने, ‘फोनबाट पनि र प्रत्यक्ष रुपमा पनि सभामा नजान धेरै प्रयास गरियो । तर, गठबन्धनमा जाने मेरो नैतिक जिम्मेबारी भएकाले गएँ । त्यसै कारण बिष्फोट गराइएको हो ।’

‘मुलुकमा राज्य पक्ष भएको देखिएको छैन्’ उनले भने, ‘जब मैले यसको अनुभूति गरिरहेको छु भने जनताले के अनुभूति गर्ला ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment