Comments Add Comment

ट्रिपर दुर्घटनामा एक जनाको मृत्यु

१८ मंसिर, धादिङ । धुनिबेँसी नगरपालिका–६ चालिसेमा सोमबार भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

बैरेनीबाट काठमाडौँतर्फ जाँदै गरेको बा ३ ख ७४०७ नँम्बरको ट्रिपर पल्टिँदा गल्छी गाउँपालिका–६ बैरनीका २८ वर्षीय सहचालक राजेश विकको मृत्यु भएको प्रहरी उपरीक्षक ध्रुवराज राउतले जानकारी दिए ।

विकको उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा मृत्यु भएको हो । सो घटनामा चितवनको खुरखुरे–११ घर भएका टि«पर चालक ३५ वर्षीय राजेश लामा घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment