Comments Add Comment

अस्थिर बन्दै सेयर बजार, नेप्से परिसूचक दोहोरो अंकले घट्यो


१८ मंसिर, काठमाडौं । विगत १५ दिनको नेप्सेको कारोबार हेर्ने हो भने नेप्से परिसूचक निकै अस्थिर देखिएको छ । १५ दिनमा अधिकांश दिन नेप्से परिसूचकमा दोहोरो अंकको उतारचढाव देखिएको छ ।

सात दिन दोहोरो अंकमा बढेको नेप्से परिसूचक चार दिन दोहोरो अंकले नै घटेको छ । ‘अन्य कतिपय दिन नेप्से स्थिर समेत देखिएको छ । बजारमा लगानीकर्ताहरुले ठोस निर्णय लिन नसकेको यसले संकेत गर्छ,’ एक विश्लेषकले भने । यसअघि केही लामो समयको अन्तरालपछि यस्तो प्रवृत्ती देखिदै आएको थियो ।

बजार बढ्छ या थप घट्छ भन्ने पक्षहरुबीच हुने मोलमोलाईले नै सेयर बजारको दिशा निर्धारण हुने गर्छ । नेप्से हालसम्मकै उच्च विन्दु १८८१ मा पुगेको समयमा सेयर किनेकाहरु अझै पनि नाफामा देखिइसकेका छैनन् । बजार बढ्छ या घट्छ भन्ने मध्ये कुनै एकमा स्पष्ट संकेत नदेखिएकोले पनि लगानीकर्ताहरु ठोस निर्णय लिन सकिरहेका छैनन् ।

अस्थिर बजारसँगै बढ्दा लगानीकर्ता झुम्मिने र घट्दा पुनः बजारबाट टाढा रहने क्रम बढेकोले पनि बजारको दिशा स्पष्ट हुन नसकेको हो । यस दिन कारोबार रकम पनि घटेको छ । १ सय ५७ कम्पनीको सेयर कारोबारबाट ५६ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा आएका मध्ये होटल र उत्पादनमुलक समूहको परिसूचकमात्र बढेको छ । अन्य सबै समूहको परिसूचक ओरालो लागेको छ । २९ कम्पनीको मात्र सेयर मूल्य बढेर कारोबार भयो । १ सय १५ कम्पनीको सेयर मूल्य घटेको छ । ४५ भन्दाबढि कम्पनीको सेयर मूल्य १ प्रतिशतभन्दा पनि कमले सस्तिएको हो । बीमा र लघुवित्त समूहको परिसूचक सबैभन्दा धेरैले घटेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment