Comments Add Comment

कमल थापालाई स्वतन्त्र उम्मेदवारको समर्थन

१८ मंसिर, काठमाडौं । मकवानपुर क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका फडिन्द्रकुमार तिमल्सिनाले राप्रपा अध्यक्ष कमल थापालाई समर्थन गर्ने भएका छन् ।

सोमबार एक विज्ञप्ति जारी गर्दै उनले लोकतान्त्रिक गठबन्धनलाई सहयोग गर्नु आफ्नो नैतिक कर्तव्य र दायित्व भएको उल्लेख गरेर लोकतान्त्रिक गठबन्धनका उम्मेदवार थापालाई समर्थन गरेको घोषणा गरेका हुन् ।

उनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उपप्रधानमन्त्री थापा राष्ट्रिय राजनीतिमा समेत महत्वपूर्ण भूमिकामा हुनुहुन्छ । र, उहाँ मकवानपुरलाई समेत चाहिने व्यक्ति हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment