Comments Add Comment

अष्ट्रेलियाका नेपालीद्वारा महिला र बालिकामाथि हुने हिंसा रोक्न हस्ताक्षर संकलन

४ डिसेम्बर, सिड्नी । अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा रहेका नेपाली समुदायका अगुवा तथा अधिकारकर्मीहरुले महिला तथा बालिकामाथि हुने हिंसाबिरुद्द हस्ताक्षर संकलन गरेर नेपाली महाबाणिज्य दूत दीपक खड्कालाई बुझाएका छन् ।

दशक अघिदेखि नेपालीहरु सामाजिक गतिबिधिका लागि जमघट हुने सिड्नीको खुला आस्फिल्डपार्कमा आयोजित हस्ताक्षर संकलन कार्यक्रममा पुगेका महाबाणिज्यदुत खड्काले बुद्दको दर्शन जन्मेको देशको नेपाली समाजमा कुनै पनि प्रकारका हिंसा नहुनु पर्नेमा समाजमा अझै पनि विभेद र हिंसा हुनु दुःखको कुरा भएको बताए ।

महाबाणिज्य दूत खड्काले कुनै पनि प्रकारको हिंसाबिरुद्द हुने जनचेतनाले समाजमा शान्ति र सद्भाव कायमा हुने बताए ।

कार्यक्रममा एक्यवद्धता जनाउन अर्को शहर ओलंगनबाट आइपुगेका गैरआवासीय नेपाली संघ ओसियानाका क्षेत्रीय संयोजक धर्मराज अधिकारिले आयोजकहरुलाई धन्यबाद दिदै अहिलेको नारा ‘हिंसालार्इ हुन्न भनौ’ परिवर्तन गरेर ‘हिंसा कहिले पनि कसैले नगरौ’ राख्नु पर्ने सुझाव दिए ।

उनले आफू यो अभियानमा आफ्नो तर्फबाट सधै क्रियाशील हुने विचार राखे । सेतो रिबन अभियानका दूत ऋषि आचार्यले महिला माथि हुने हिंसा बिरुद्द पुरुषहरुको क्रियाशीलता नै सेतो रिबन अभियान भएको भन्दै उपस्थित सबैलार्इ ‘म महिलामाथि हुने हिंसाबिरुद्द उभिने छु र बोल्ने छुू भन्ने सपथ दिएका थिए ।

गैरआवासीय नेपाली संघ अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्य संयोजक नन्दु गुरुङले आफू यो अभियानको पक्षमा सधै उभिने बताए ।

गैरआवासीय नेपाली संघ अस्ट्रेलियाको महिला विभागकी संयोजक प्रतिज्ञा अधिकारीले आफू सामाजिक कार्यकर्ताका रुपमा काम गर्दा अस्ट्रेलियाको नेपाली समाजभित्र पुरुषबाट महिला र महिलाबाट पुरुषहरु पीडित भएका दुःख लाग्दा घटनाहरु आफू देखेको बताइन् ।

यस्ता घटना अन्त्यका लागि एकजना कानून ब्यबशासी र एकजना चिकित्सकसहितको टिम बनाएर छिट्टै अगाडि बढ्ने तयारी भैरहेको बताइन् ।

गैरआवासीय नेपाली संघ ओसियानाका पूर्व संयोजक बिष्णु हमालले अस्ट्रेलियामा क्रियाशील दर्जनौ संघ सँस्थालार्इ उनीहरुका गतिबिधिहरुमा महिलामाथि हुने हिंसा बिरुद्द कम्तिमा एउटा कार्यक्रम समेट्न सुझाव दिनुपर्ने बताए ।

आयोजक नारी निकुन्ज न्यू साउथ वेल्सकी संयोजक सन्ध्या शाहले यो अभियानमा उपस्थित भएर सफल बनाइदिएकोमा सबैलार्इ धन्यबाद दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment