Comments Add Comment

जब एक समलैंगिक सांसदले संसदमै बिहेका लागि प्रस्ताव राखे …

संसदमा बहस चलिरहेको होस् र यही बीचमा एक सांसदले आफ्ना पार्टनरलाई प्रपोज गर्‍यो भने तपाई के भन्नुहुन्छ ?

यो अष्ट्रेलियाको कुरा हो र संसदमा समलैगिक विवाहलाई बैधता दिने मुद्दामा बहस भइरहेको थियो ।

सांसद टिम विल्सन बहसमा भाग लिइरहेका थिए । उनका गे पार्टनर रेयान बाल्गर संसदकै दर्शकदिर्घामा बसेर बहस सुनिरहेका थिए ।

टिम विल्सनको प्रस्तावमा रेयानले जोडले भने, ‘यस’

रेयानको बाचा यो नौ वर्ष पुरानो सम्बन्धका लागि भरोसालाई एक पटक फेरि दोहोर्‍याउनु जस्तै थियो ।

अष्ट्रेलियाको हाउस अफ रिपि्रजेन्टेटिव्समा सोमबार समलैंगिक विवाहलाई बैधता दिने विधेयकमा बहस सुरु भएको छ । पाँच दिन पहिले सिनेटले यसलाई पारित गरेको थियो ।

अधिकारीहरुको अनुमान छ सिक सांसदभित्र कसैलाई प्रस्ताव गर्ने टिम विल्सन पहिलो सांसद हुन् ।

भाषणका क्रममा भावुक बनेका उनले भने, ‘आफ्नो पहिलो भाषणमा मैले आपसी सम्वन्धलाई औंठीको माध्यमबाट बताएको थिएँ । यो हामी दुबैको बायाँ हातमा छ । यो औंठी त्यो सवालको जवाफ हो, जुन हामी सोध्न सक्दैनौं । अब केवल एक चिज अधुरो रहेको छ । रेयान प्याटि्रक बल्गर, के तिमि मसँग बिहे गर्छौं ?’

टिम विल्सनको प्रस्तावसँगै संसदको माहौल परिर्वतन भयो । अन्य सदस्यले यसको स्वागत गर्दै ताली बजाए भने स्पीकरले जोडीलाई बधाई दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment