Comments Add Comment

झापाली समाजको फुजेरा क्षेत्रीय समिति गठन, अध्यक्षमा कार्की

 ५ डिसेम्बर, युएर्इ । एकता, सहयोग र सहकार्यको मुलमन्त्रमा प्रतिबद्ध झापाली समाज युएईको फुजेरा क्षेत्रीय समिति गठन भएको छ ।

गत २ डिसेम्बर शनिबार फुजेराको केन्द्रमा रहेको माधवपार्कमा आयोजित रमाइलो सांगीतिक वनभोजको अवसर पारेर झापाली समाज युएईले आफ्नो छैटौं क्षेत्रीय समिति विस्तार गरेको हो ।

समाजको फुजेरा क्षेत्रीय समितिको अध्यक्षमा काशीनाथ कार्की सर्वसम्मत चयन भएका छन् ।

दमक नगरपालिकामा स्थायी घर भएका कार्की विगत १० वर्षदेखि फुजेराको एक बाटर ट्रिटमेन्ट कम्पनीमा प्राविधिकका रुपमा काम गरेका कार्की फुजेराको सामाजिक क्षेत्रमा लोकप्रिय व्यक्तित्वका रुपमा परिचित छन् ।

समितिको उपाध्यक्षमा गोपाल भण्डारी, सचिवमा बरुण बराल, कोषाध्यक्षमा युवराज चौलागाई सर्वसम्मत चयन भएका छन् ।

क्षेत्रीय कार्यसमितिको सदस्यहरुमा गोविन्द ढुंगाना, दिपेन्द्र गजुरेल, बलराम भटराई र संगीता राई रहेका छन् ।

झापाली समाज युएईका केन्द्रीय समितिका अध्यक्ष रोहितकुमार भण्डारीको प्रमुख आतिथ्यमा भएको क्षेत्रीय समितिको औपचारिक घोषणा कार्यक्रममा अतिथिका रुपमा नेपाल पत्रकार महासंघ युएई शाखाका अध्यक्ष भुपराज बस्याल, उपाध्यक्ष लक्ष्मण खनाल, नेपाल एयरलाइन्सका कन्ट्री म्यानेजर रमेश पौडेल विशेष अतिथिका रुपमा उपस्थित भएका थिए ।

समाजका केन्द्रीय महासचिव अशोक चापागाई, सचिवद्वय छवि खनाल, जगत लुईटेल, उपाध्यक्ष मात्रिका लम्साल, कोषाध्यक्ष सुमन भटराई, सहकोषाध्क्ष लछुमन काफ्ले, सल्लाहकार संयोजक हेमसागर भटराई, सारजहा क्षेत्रीय अध्यक्ष रामकुमार राउत, केन्द्रीय सदस्यहरु पारस लामा, भीष्म भटराई, बासुदेव चापागाई, दिनेश नेपाल, पूर्व केन्द्रीय सदस्य अन्जु अधिकारी अतिथिका रुपमा उपस्थित भएर कार्यक्रमको शोभा बढाएका थिए ।

प्रस्तावित क्षेत्रीय समितिले आयोजना गरेको रमाइलो साँगीतिक कार्यक्रममा अबुधाबी क्षेत्रको प्रतिनिधिका रुपमा दुर्योधन कार्की, राजकुमार निरौला, तारा खड्का लगायतका पदाधिकारीहरु उपस्थित भएर सांगीतिक तथा अन्य खेलकुदहरुमा सहभागिता जनाएका थिए ।

उक्त वनभोज कार्यक्रममा उपस्थित सबैलाई कार्यक्रमका परिकल्पनाकार खगेन्द्र कटुवालले स्वागत मन्तव्यका साथ फुजेराका झापालीहरुलाई संगठित गर्दै यहाँ क्रियाशील विभिन्न नेपाली संघसंस्थाहरुवीच भाइचारा र आत्मीयता प्रदर्शन गर्न कार्यक्रमको आयोजना गरेको जानकारी दिएका थिए ।

वनभोज कार्यक्रमका संयोजक काशीनाथ कार्कीको संयोजकत्वमा भएको औपचारिक कार्यक्रममा केन्द्रीय महासचिव अशोक चापागाईले नवगठित क्षेत्रीय समितिलाई बधाई दिनुका साथै कार्यकाल सफलताको शुभकामना प्रकट गरेका थिए ।

फुजेराका सबै सामाजिक संस्थाहरुको प्रतिनिधित्व गर्दै एनआरएनए फुजेरा क्षेत्रीय समितिका अध्यक्ष वीरेन्द्र खड्काले पनि झापाली समाज फुजेरा क्षेत्रीय समितिका सबै पदाधिकारीलाई बधाई प्रकट गर्दै सहकार्यका लागि झापाली समाज फुजेराको शानदार उपस्थितिले थप बल मिलेको प्रतिक्रिया दिएका थिए ।

केन्द्रीय प्रवक्ता तथा झापाली समाज युएईका परिकल्पनाकार राम ढुंगेलले सञ्चालन गरेको औपचारिक कार्यक्रमका साथ हाँडीफोर, हाजिरी जवाफ, अचम्मको पोका जस्ता रमाइला खेलकुद कार्यक्रमहरु आयोजना गरिएको थियो ।

रमाइला खेलकुदको प्रायोजन फाईभ स्टार लन्ड्री, हिमाल रेमिट, सिटी एक्सप्रेस मनी ट्रान्सफर, सिल्भर स्पुन रेस्टुरेन्टले आकर्षक गिप्ट  ह्यामपरका साथ गरेका थिए ।

कार्यक्रमका फुजेरामा कार्यरत एनआरएनए युएईका केन्द्रीय सदस्य सागर लुईटेल, नेपाली जनसम्पर्क समितिका फुजेरा सचिव राजेन्द्र भटट, प्रवासी नेपाली मञ्चका फुजेरा राज्य समितिका अध्यक्ष उत्तम थापा, नेपाली कलाकार समूहका हरि ढकाल, पाल्पाली समाजबाट अमित बिक, स्याङ्जा सहयोग समाजबाट झपिन्द्र बस्याल, अर्घाखाँची सम्पर्क समितिबाट मुकेश पन्थी, मगर संघबाट हिमाल रास्कोटी अतिथिका रुपमा उपस्थित भएका थिए ।

रमाइलो वनभोज कार्यक्रममा फुजेरामा व्यापार व्यावसाय गरिरहेका नेपालीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

फाइभस्टार लन्ड्रीबाट देव न्यौपाने, राज न्यौपाने, अलबर्दी रेस्टुरेन्टबाट सेर सुनार, नासर सैलुनबाट समाजसेवी व्यक्तित्व दिपा पाण्डे, सिल्भर स्पुन रेस्टुरेन्टबाट विष्णु भण्डारी, समाजसेवी शिव क्षेत्रीले अतिथिका रुपमा सहभागिता जनाएका थिए ।

सामाजिक संस्थाका उल्लेख्य प्रतिनिधि तथा करिब २ सयको संख्यामा रहेका सर्वसाधारणले वनभोज कार्यक्रममा भाग लिएका थिए ।

कार्यक्रममा स्पोन्सरका रुपमा सहभागी भएर हिमाल रेमिटबाट कमल पराजुली र रामिल प्रधान, सिटी एक्सप्रेस मनी ट्रान्सफरबाट सरोज सिंह महर्जन र टंक खनालले सर्वसाधारण नेपालीहरुलाई बैंकिङ च्यानलबाट नेपाल पैसा पठाउन सुझाएका थिए ।

एकल तथा युगल नृत्यहरुका साथमा गीतसंगीतको सम्मीश्रणले वनभोज कार्यक्रम रमझमपूर्ण बनेको थियो । दोस्रो म्युजिक भिडियो अवार्ड २०१६ मा युएईतर्फको बेस्ट मेल सिंगरको उपाधि चुम्न सफल गायक नन्दु राई, गायक पारस लामा, अजित काफ्ले, राम सापकोटाका गीतहरुको प्रस्तुतिहरुले वनभोज कार्यक्रम भव्यताका साथ आयोजना भएको थियो ।

वनभोजमा दुबईबाट  एकराज बस्नेत, इबनारायण तिवारी, बद्री ओलिको नेतृत्वमा उल्लेख्य सहभागी भएको र मनामाबाट शिव मुखिया सुनबहादुर गुरुङ सहित १० जनाको समूहले उल्लेख अर्थिक सहयोग गरेका थिए  ।

वनभोज कार्यक्रममा निःशुल्क सहभागी हुन पाइने व्यवस्था गरिएको थियो भने केही दाताहरुले नवगठित क्षेत्रीय समितिलाई स्वेच्छाले आर्थिक सहयोग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment