Comments Add Comment

जब विमानस्थलमा यात्रुको साथमा भेटियो २ सय साङ्ला भरिएको झोला

चीनका एक प्रौढ दम्पत्ति आफ्नो हातमा २ सय वटा ज्यूँदो साङ्ला लिएर हवाईजहाजमा यात्रा गर्न चाहन्थे । आखिर उनीहरुले किन यस्तो चाहे त ? कारण थाहा पाउँदा तपाइँ हैरान हुनुहुनेछ ।

चीनको गुआंग्डोन बैयुन अन्तराष्ट्रिय विमानस्थलका ग्राउण्ड स्टाफले सुरक्षा जाँचका क्रममा एक प्रौढ दम्पत्तिले हातमा बोकेको सेतो झोला चेक गरे ।

उक्त भोला स्क्यान मेसिनले जाँच गर्दा त्यसभित्र केही कालो धब्बाहरु देखिए । ती काला धब्बाहरु चलायमान भएका कारणले शंका उब्जियो । त्यसपछि जब कर्मचारीले त्यो झोला खोलेर त्यसभित्र हात हालेर हेरे, तब कर्मचारी तिनछक परे ।

उक्त दम्पत्तिले झोलाभित्र ठूलो संख्यामा ज्यूँदा सांग्लाहरु राखेका थिए । झोलाभित्र २ सय गोटा साङ्ला फेला परे । साथै उनीहरुसँग त्यतिधेरै साङ्ला कहाँ र किन लग्न थालेको भनेर सोधियो ?

झोलाभरि साङ्ला बोकेर जहाज चढ्न थालेको उक्त दम्पत्तिमध्येका पुरुषले ती साङ्लाहरु आफ्नी श्रीमतीको घरेलु उपचारमा प्रयोग हुने खुलासा गरे । उनकी पत्नीको छालाको रोग रहेछ ।

छालामा लगाउने मलहममा यी साङ्लालाई पिँधेर नियमित रुपमा लगाउने गरेका रहेछन् उनले ।

तर विमानस्थलका अधिकारीहरुले ज्यूँदा साङ्लाहरु जहाजभित्र लैजान नपाइने नियम रहेको भन्दै उक्त दम्पतिको साङ्लाले भरिएको झोला जफत गरेर मात्र उनीहरुलाई जहाज भित्र पठाएका थिए । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment