Comments Add Comment

यी हुन् यो वर्ष लञ्च भएका टपटेन स्मार्टफोन

अंग्रेजी क्यालेन्डर अनुसारको वर्ष सन् २०१७ को अन्तिम महिना, डिसेम्बर चलिरहेको छ । सकिनै लागेको यो वर्षमा विश्वको प्रविधिको बजारमा धेरै नयाँ नयाँ चिजहरु आए ।

स्मार्टफोनको कुरा गर्दा यो वर्ष भेजललेस फोन तथा डुअल क्यामरा जस्ता नयाँ फिचरले स्मार्टफोनको उद्योगमा नयाँ मानक स्थापित गर्ने प्रयास गरे ।

सबै कम्पनीहरु एक पछि अर्को गर्दै विभिन्न अत्याधुनिक स्मार्टफोनहरु बजारमा ल्याउन प्रतिस्पर्धामा रहे । हेरौँ यो वर्ष बजारमा आएका टपटेन स्मार्टफोनहरु:-

१. आइफोन एक्स: आइफोन एक्स यो वर्षको सबैभन्दा उत्कृष्ट स्मार्टफोन हो भन्दा फरक पर्दैन । यसमा ५.८ इन्चको भेजललेस डिस्प्ले रहेको छ, जसको रिजोलुसन ११२५ गुणा २४३६ रहेको छ ।

आइफोन एक्स ६४ र २५६ जिबी गरी दुई खाले स्टोरेज भेरिएन्टमा उपलब्ध छ । यसमा १२ मेगापिक्सेलका दुईवटा ब्याक क्यामरा रहेका छन् । साथै ७ मेगापिक्सेलको फ्रन्ट क्यामरा पनि रहेको छ ।

२. आइफोन एट तथा एट प्लस: आइफोन एट तथा एट प्लसमा वायरलेस चार्जिङ छ । दुबै आइफोन ६४ तथा २५६ जिबी स्टोरेज भेरिएन्टमा उपलब्ध छन् । आइफोन एटा ४.७ इन्चको डिस्प्ले छ भने आइफोन एट प्लसमा ५.५ इन्चको डिस्प्ले रहेको छ ।

साथै फोनमा थ्री डी टच प्रविधि पनि रहेको छ । एट प्लसमा १२ मेगापिक्सेलको वाइड एंगल टेलिफोटो क्यामरा रहेको छ । आइफोन एटमा चाहीँ साधारण १२ मोगपिक्सेल क्यामरा छ । साथै दुबैमा ७ मेगापिक्सेलको सेल्फी एचडी क्यामरा पनि रहेको छ ।

३. सामसुङ ग्यालेक्सी एस एट र एस एट प्लस: यी दुबैखाले स्मार्टफोनमा क्वालकोम स्नापड्रागन ८३५ प्रोसेसर रहेको छ । ग्यालेक्सी एस एट एलटीइ स्पीडयुक्त पहिलो स्मार्टफोनको रुपमा रहेको छ ।

यो दुबै कब्र्ड किनारा भएको स्मार्टफोन हो । डिस्प्लेको किनारको फ्रेम तथा भेजल निकै कम गरिएको छ । भेजललेस, डुअल एज डिस्प्लेले यस फोनको फ्रन्ट स्क्रिनको ८० प्रतिशत हिस्सा ओगटेको छ ।

४. सामसुङ ग्यालेक्सी नोट एट: यसमा ६.३ इन्चको क्वाड एचडी प्लस सुपर एमोलेड डिस्प्ले रहेको छ । यस फोनमा १२ मेगापिक्सेलको ब्याक क्यामरा छ, जुन अप्टिकल इमेज स्टेबलाइजेसन फिचरलाई सपोर्ट गर्दछ ।

साथै ८ मेगापिक्सेलको सेल्फी क्यामरा पनि रहेको छ । यसको ब्याट्री ३३ सय मिलिएम्पियर आवरको रहेको छ । ग्यालेक्सी नोट ७.१.१ एन्ड्रोइड अपरेटिङ सिस्टममा चल्दछ । यसमा ६ जिबीको र्याम रहेको छ ।

५. सोनी एक्सपेरिया XZ1: यो स्मार्टफोनको सबैभन्दा विशेष फिचर भनेको यसको १९ मेगापिक्सेलको क्यामरा हो जसले थ्री डी स्क्यानरको काम पनि गर्दछ ।

एन्ड्रोइड ओरियो ८ अपरेटिङ सिस्टममा चल्ने यो स्मार्टफोनमा ६४ बिटको क्वालकोम स्नापड्रागन ८३५ प्रोसेसर तथा ४ जिबीको र्याम रहेको छ । यसमा ६४ जिबी इन्टर्नल मेमोरी छ जसलार्य २५६ जिबीसम्म बढाउन सकिन्छ ।

६. साओमी Mi Mix 2: यो स्मार्टफोनमा स्नापड्रागन ८३५ प्रोसेसर रहेको छ, जोसँग ६ जिबीको र्याम राखिएको छ । यो फोन तिनथरी स्टोरेज भेरिएन्टमा उपलब्ध छ, ६४, १२८ र २५६ जिबीको रुपमा ।

यसमा १२ मेगापिक्सेल तथा ५ मेगापिक्सेलका दुईवटा ब्याक क्यामेरा तथा ५ मेगापिक्सेलको एउटा सेल्फी क्यामरा रहेको छ ।

७. वनप्लस फाइभ टी: यो स्मार्टफोन प्रोसेसर, ब्याट्री तथा र्याम लगायतका सबै फिचरमा उत्कृष्ट छ । यसमा अक्टाकोर प्रोसेसर क्वालकोम स्नापड्रागन ८३५ रहेको छ ।

ब्याट्रीको क्षमता ३३०० एमएएएच रहेको छ । यसमा ६ जिबीको र्याम र ६४ जिबी मेमोरी तथा ८ जिबी र्याम र १२८ जिबी मेमोरी गरी दुई भेरिएन्ट उपलब्ध छन् ।

८. नोकिया एट: नोकिया एटमा ५.३ इन्चको क्यूएचडी डिस्प्ले रहेको छ । ब्याकसाइडमा १३ मेगापिक्सेलको डुअल क्यामरा छन् भने १३ मेगापिक्सेलकै एक सेल्फी क्यामरा पनि रहेको छ ।

यसमा क्वालकोमको सबैभन्दा पछिल्लो स्नापड्रागन ८३५ प्रोसेसर प्रयोग गरिएको छ, जो सँग ४ जिबीको र्याम दिइएको छ । यो फोनमा ६४ जिबीको इन्टर्नल मेमोरी छ, जसलाई २५६ जिबीसम्म बढाउन सकिन्छ । ३०९० एमएएएच को ब्याट्र छ जसले क्विक चार्जिङ पनि सपोर्ट गर्दछ ।

९. एचटीसी U11 : एन्ड्रोइड ७.१ नोगट अपरेटिङ सिस्टममा आधारित कम्पनीको आफ्नो HTC Sense UI अपरेटिङ सिस्टममा यो फोन चल्दछ । यसमा २.४५ गिगाहर्जको अक्टाकोर क्लालकोम स्नापड्रागन ८३५ प्रोसेसर रहेको छ ।

यसको इन्टर्नल मेमोरी १२८ जिबी छ जसलाई माइक्रोएसडी कार्डको सहायताले २ टेराबाइट सम्म बढाउन सकिन्छ । यसको ६ जिबीको र्याम रहेको छ ।

यसमा मुख्य क्यामरा १२ मेगापिक्सेलको छ, जसमा १.४ माइक्रोन पिक्सल, अल्ट्रा स्प्रेड अटोफोकस, बिएसआइ सेन्स, ओआइएस, डअुल एलइडी फ्लास, स्लो मोसन तथा फोर के भिडियो रेकर्डिङ जस्ता फिचर रहेका छन् ।

१०. गुगल पिक्सेल टू: यो स्मार्टफोनमा ५ इन्चको फूल एचडी एमोलेड डिस्प्ले रहेको छ जसमा कर्निंग गोरिल्ला ग्लास फाइभ प्रोटेक्सन फिचर उपलब्ध छ ।

अक्टाकोर क्वालकोम स्नापड्रागन ८३५ प्रोसेसर रहेको यो फोनमा ४ जिबीको र्याम तथा ६४ र १२८ गरी २ भेरिएन्टका इन्टर्नल मेमोरीयुक्त फोन रहेका छन् । साथै १२.२ मेगापिक्सेलको मूख्य क्यामरा यसमा रहेको छ । एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment