Comments Add Comment

गोल्डस्टारद्वारा ‘धन्यवाद’ वैज्ञापनिक सन्देश प्रस्तुत


१९ मंसिर, काठमाडौं । गोल्डस्टार जुत्ताको उत्पादक, बजार व्यवस्थापक, तथावितरक कम्पनिकिरन सु म्यानुफ्याक्चरर्सले आफ्ना सम्पूर्ण ग्राहक तथा शुभचिन्तकलाई कृतज्ञता ज्ञापन गर्दै वैज्ञापनिक सन्देश प्रस्तुत गरेको छ ।

विगत ३ दशकदेखि नेपाल र नेपालीलाई सुविधा पुर्‍याउँदै आएको गोल्डस्टार नेपालको सर्वाधिक रुचाइएको जुत्ताबनाउन सहयोग गर्ने आफ्ना ग्राहकवर्ग, विक्रेताहरू, वितरक, तथा शुभचिन्तकहरूलाई अथकविश्वास र सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै विज्ञापन सन्देश प्रस्तुत गरेको हो ।

किरन सु म्यानुफ्याक्चरर्सकी बजार व्यवस्थापन निर्देशक विदुषी राणाले भनिन,’गुणस्तर र बलियो उत्पादनलाई सुलभ मूल्यमा बजारमा ल्याउनु नै गोल्डस्टारको प्रमुख ध्येय भएको कम्पनीले बताएको छ ।

विगत ३ दशकदेखि हाम्रो यही प्रयासमा सहयोग पुर्‍याउँदै आएका सम्पूर्णको माया र विश्वासले हामीलाई भविष्यमा पनि हाम्रो उद्देश्य पूरा गर्ने उर्जा दिएको छ । हामी नेपालभित्र र नेपालबाहिर रहेका ती सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई धन्यवाद दिन्छौँ जसले हरेक पाइला, हरेक कदममा हामीलाई समर्थन गर्नुभएको छ ।’

नेपाली पहिचान सँगैनै समानान्तर रहेको गोल्डस्टारले नेपाली पनलाई पनिउजागर गरेको छ । नेपाली ग्राहकहरूकै लागि विशेष निर्माण गरिएको गोल्डस्टारले हरेक पटक नयाँ जुत्ता बजारमा प्रस्तुत गर्दा नेपाली युवा र युवाहरूको चाहनालाई मध्यनजर गरेको दावी गरेको छ ।

अबका आगामी दिनहरूमा पनि गोल्डस्टारले अन्तरार्ष्ट्रिय तौरतरिका र युवाहरूको चाहनालाई ध्यानमा राखी नयाँजुत्ताहरू ल्याउने प्रतिबद्धता जाहेर गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment