Comments Add Comment

कुवेत–काठमाडौँ–कुवेत सिधा उडान भोलिदेखि

१९ मंसिर, काठमाडौँ ।  बुधबार (भोली)देखि कुवेत–काठमाडौँ–कुवेत सिधा उडान सुरु हुँदैछ ।

कुवेतको वातानिया एयरवेजले बिहीबारबाहेक साताको ६ दिन कुवेत–काठमाडौँ प्रत्यक्ष उडान सुरु गर्न लागेको हो ।

उक्त विमान सेवाले यात्रुलाई प्रदान गर्ने सेवासुविधाबारे विमान कम्पनीका उच्चअधिकारीसँग आज कुवेतका लागि नेपालका राजदूत यज्ञबहादुर हमालले छलफल गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

काठमाडाैं–कुवेत सिधा उडानबाट नेपाल–कुवेत सम्बन्ध सुदृढीकरणका साथै कुवेतमा रहेका नेपाली र कुवेती नागरिकलाई नेपाल भ्रमण गर्न सहज हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment