Comments Add Comment

१११ स्थापना दिवसको अवसरमा नेशनल इन्स्योरेन्सले सेवाग्राहीलाई १ लाखको बीमा उपहार


१९ मंसिर, काठमाडौं । नेशनल इन्स्योरेन्स कम्पनी नेपालले यस महिनाभर बीमा गर्ने ग्राहकहरुलाई १ लाख रुपैयाँ बराबरको बीमा उपहारको रुपमा दिने उल्लेख गरेको छ ।

कम्पनीले मुल कम्पनी स्थापना भएको १ सय ११ औं दिवसको अवसरमा नेपालमा पनि बिभिन्न कार्यक्रम गरेर उत्सव मनाउन लागेको हो । नेपालमा भने कम्पनी सञ्चालनमा आएको ४३ वर्ष पुगेको छ ।

नेपालमा रहेको कम्पनीले आर्जन रहेको रकम मुल कम्पनीमा लाने नगरेकोले कम्पनी मार्फत रकम बाहिरिएको भन्ने हल्लाको पछि नलाग्न सबैलाई आग्रह गरेको छ ।

‘हामीहरुले मुल कम्पनीलाई कुनै पनि रुपमा रकम पठाउनु परेको छैन्,’ कम्पनीमा प्रमूख कार्यकारी अधिकृत डा. प्रणव सेनले बताए । हालसम्म कम्पनीले आर्जन गरेको मध्ये १७ प्रतिशत लगानी सरकारी ऋण पत्रमा, ३.५ प्रतिशत पुरबीमा कम्पनीमा र बाँकी बैंकहरुमा मुद्दतीको रुपमा राखिएको बताएको छ ।

हालसम्म कम्पनीले १ अर्ब ८० करोड रुपैयाँ बराबरको प्रिमियम आर्जन गरेको उल्लेख गरेको छ । कम्पनीले स्थापना दिवसको अवसरमा नै दाङमा ग्रामिण शाखा स्थापना गरेको छ । त्यस्तै कम्पनीको धनगढी, धरान, झापा, गंगबु र भैरहवामा पनि शाखा सञ्चालनमा आएको छ ।
कम्पनीले स्थापना दिवसको अवसरमा क्यासलेस र मेडि क्लेम सेवा पनि सञ्चालनमा ल्याउन लागेको छ ।

मेडिक्लेम सेवा बीमा समितिबाट स्वीकृत हुन बाँकी छ । कम्पनीले बीमा दाबीको क्रममा ३० देखि ४० प्रतिशत अग्रिम भुक्तानी गर्ने रणनिित पनि अपनाएको छ । कम्पनीले बीमा समितिले तोकेको चुक्ता पूँजी १ अर्ब पुर्याउन पुरक पूँजी (असाइन क्यापिटल) देखाउन सक्ने व्यवस्था छ । कम्पनीले यो शीर्षकमा रकम देखाउन समस्या नभएको बताएको छ । यद्यपी मुल कम्पनीबाट यसबारेमा कुनै ठोस निर्णय नभएको नेपाल स्थित कम्पनीले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment