Comments Add Comment

अझै ६ महिना बाँकी छ, यो रोनाल्डोलाई धेरै समय होः जिदान

गोल विना उपस्थित भएपछि बोरुसिया डर्टमुण्डको खेल अघि जिनेदिन जिदानेले फेरि त्यही प्रश्नको सामना गर्नु परेको छ । तर, रियल मड्रिडका प्रशिक्षकले क्रिष्टियानो रोनाल्डोको बचाउ गरेका छन् ।

रियल मड्रिडले च्याम्पियन्स लिगको समूह चरणको अन्तिम खेलमा जर्मन क्लब बोरुरिया डर्टमुण्डसँग खेल्दैछ ।

उसका स्टार स्ट्राइकर रोनाल्डो गोलका लागि संघर्षरत छन् । तर, प्रशिक्षक जिदानले उनी गत सिजन जस्तै यो सिजनको अन्त्यसम्ममा टप र्फममा आउने दाबी गरे ।

उनले गरिरहेको मेहनतबारे उनी र क्लबलाई माया गर्नेहरुले बुझ्ने उनले बताए । ‘केही समय अघि गत वर्ष उनको शानदार सिजन रहृयो’ उनले भनेका छन्, ‘हामी मध्यबाटोमा छौं । अझै ६ महिना बाँकी छ । रोनाल्डोका लागि ६ महिना धेरै लामो समय हो ।’

ला लिगामा बार्सिलोलो सेल्टाभियोसँग २-२ को बराबरीमा रोकिँदा रियलले फाइदा उठाउन सकेन । उसले एथ्लेटिको विल्बाओसँग गोलरहित बराबरी खे ल्यो ।

प्रशिक्षक जिदानले भने टिमले राम्रो गरिरहेको तर, गोल मात्र हुन नसकेको भन्दै छिट्टै अवस्थामा परिर्वतन आउने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment