Comments Add Comment

अब के हुन्छ कपिल शर्माको करियर ?

फिरंगीले डुबायो, नयाँ टिभी शो ल्याउने

कमेडियन कपिल शर्मा जतिबेला प्रशिद्धिको उत्कर्षमा थिए, त्यहीबेला उनी सिनेमा खेल्दै थिए । हुन त त्यसअघि पनि उनले ‘किस किसको प्यार करुँ’बाट हिरो बन्ने प्रयास गरेका थिए । तर, स्टेजमा जस्तो जादु सिल्भर स्क्रिनमा देखाउन सकेनन्, उनले ।

पछिल्लो फिल्म त त्यहीबेला सार्वजनिक भयो, जतिबेला उनी ‘ओह्रालो लागेको हरिण’ जस्तै अवस्थामा थिए । लोकपि्रयताको चुलीमा पुगेर नराम्ररी पछारिएका उनलाई यहि फिल्मले तंगि्रने मौका दिन्छ कि भन्ने अपेक्षा पनि तुहियो । फिल्मले उनलाई लडेकै ठाउँमा थप थेचारिदियो ।

‘फिरंगी’ बक्स अफिसमा एकदमै कमजोर दरिए । फिल्मले दर्शक नै पाएन । जबकी यतिबेला उनको फिल्मसँग जुध्ने खास गतिलो अर्को फिल्म थिएन । तैपनि उनले यो मौकाको फाइदा उठाउन सकेन ।

फिल्मको विशेष शो नै झुर भयो । विशेष शोमा उनले निम्तो गरेका बलिउड सेलिब्रेटी उपस्थित भइदिएनन् । एकाध सेलिब्रेटी मात्र त्यहाँ देखापरे । जबकी कुनैबेला उनको ‘द कपिल शर्मा शो’ बलिउडको यस्तो प्लेटर्फम थियो, जहाँबाट फिल्म प्रमोशन गरिन्थ्यो ।

फिल्म रिलिजपूर्व ‘कपिल शर्मा शो’को स्टेज पाउनु फिल्ममेकरका लागि अहोभाग्य मानिन्थ्यो । तर, त्यही प्लेटर्फम तयार गर्ने कपिलले भने आफ्नै फिल्मको प्रमोशन गर्न पाएनन् ।

फिल्मको विशेष शोमा उनले हप्की समेत खानुपर्‍यो, निर्देशक तथा कोरियोग्राफर फराह खानको । ह्वाट्स एपमा निम्तो गरेको भन्दै फराहले कपिललाई लक्षित गरेर गाली गरिन्, ‘म्यानरलेस ।’

दम्भको परिणाम

कपिलमा आफ्नो सफलता एवं लोकपि्रयताको दम्भ यति धेरै बढिसकेको रहेछ कि, त्यो बिदेशी कन्सर्टबाट मुम्बई र्फकने क्रममा हवाइजहाजमै छताछुल्ल भयो । उनले आफ्नै सहकर्मी सुनिल ग्रोबरमाथि अत्यान्तै घृणित व्यवहार गरे ।

झट्ट देख्दा हँसमुख कपिलमा दम्भ उम्लिएकै रहेछ । अन्ततः त्यो दम्भले उनैलाई हानी गर्‍यो । जसै आफ्ना सहकर्मीमाथि उनले दम्भ पोखे, उनको करियर धर्मरायो । ‘द कपिल शर्मा शो’का मूख्य आर्कणमध्येका एक सुनिल टिमबाट बाहिरिए । कपिलले सुनिललाई फर्काउन अनेक यत्न गरे, जो सफल भएन ।

त्यसपछि हो, उनको करियर ओह्रालो लागेको । कतिसम्म भयो भने, उनी डिप्रेसनग्रस्त भए । अस्पतालमै कतिदिन बास बस्नुपर्ने अवस्था आयो ।

द कपिल शर्मा शो सञ्चालन गरिरहेकै अवस्थामा उनी ‘फिरंगी’मा पनि अभिनय गर्न भ्याइरहेका थिए । फिल्मको कारण उनले के पनि गल्ती गरे भने, कपिल शर्मा शोमा निम्त्याएका पाहुनालाई समय दिएनन् । कति बलिउडस्टार कपिलकै कारण शोमा भाग लिन आए तर रित्तो फर्किए । यसरी उनलाई आफ्नै दम्भले सिध्यायो ।

अब के गर्छन् कपिल ?

‘हिरो’ बन्ने यात्रा पनि बक्ररेखामा अल्झिपछि कपिल हतास भएका छन् । अब उनी के गर्छन् ? प्रश्न बाँकी छ ।

पछिल्लो समय कपिलले टेलिभिजन शोमार्फत पुन दर्शकलाई हँसाउन आउने संकेत गरेका छन् । कपिलले टेलिभिजनमा नयाँ ढंगले प्रस्तुत हुने जनाउन दिएका छन् । तर, कस्तो नयाँ ? यसबारे भने उनले कुनै खुलासा गरेका छैनन् । हेरौं, अब उनी टेलिभिजनमा पहिले जस्तै जम्ने छन् वा छैनन् ?

कपिलले पहिलेको शो ‘द कपिल शर्मा शो’ एकै खालको भएको र त्यसबाट दर्शकले नयाँ स्वाद नपाएको भन्दै फरक स्वाद लिएर आउने बताएको हो । यो शो पनि पहिले जस्तै कमेडी हुनेमा शंका रहेन । तर, त्यसमा सुनिल ग्रोबर फर्केर आउने हो, होइन ? टुंगो छैन । हल्ला चाहि के छ भने, कपिलसँग सुनिल जोडिएर आउने हल्ला पनि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment