Comments Add Comment

अजय देवगनका कारण उत्साहित छिन् इलियाना


इलियाना डिक्रुज र अजय देवगन अर्को फिल्ममा पनि दोहोरिंदैछन् । फिल्मको छिनोफानो भइसकेको छ । फिल्म हो, ‘रेड’ । यसका लागि आफु निकै उत्साहित भएको इलियानाले बताएकी छिन् ।

अजय देवगनसँग काम गर्न निकै सहज हुने उनको अनुभव छ । यसअघि उनीहरुले ‘बादशाहो’मा स्क्रिन साझेदार गरेका थिए । ‘सेटमा यति आरमले काम गर्छन्, मस्ती गर्छन् कि यस्तो लाग्छ म सुपरस्टार अजय देवगनसँग काम गरिरहेकी छु’ इलियानाले सम्झिएकी छिन्, ‘उनले कहिलेपनि आफ्नो स्टारडम हावी हुन दिदैन ।’

अजय देवगन र इलियाना डिक्रुज राजकुमार गुप्ताको फिल्म ‘रेड’मा एकसाथ देखिने भएका हुन् । यो फिल्म १९८० को दशकमा उत्तर प्रदेशमा एक इनकम ट्याक्यस अफिसरको कथा हो । यो फिल्म २०१८ मार्च १६ मा सार्वजनिक हुने तय भएको छ । अहिले फिल्मको छायांकन भइरहेको छ ।

वास्तविक कथा

यो फिल्म वास्तविक कथामा आधारित छ । १९८० मा उत्तर प्रदेशमा भएको एक हाइ प्रोफाइल इनकम ट्याक्स कान्डमा आधारित छ । यो निकै चर्चित कान्ड थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment