Comments Add Comment

सलमान भर्सेस अक्षयः किन आयो सम्बन्धमा खटपट ?

सलमान खानको रक्तचाप अहिले अक्षय कुमारका कारण बढेको छ । यी खिलाडी ब्वाईले त्यस्तो के गरे, जसले सलमानको रिसको पारो चढ्यो ?

खासमा निहुँ हुन्, रेशमा शेट्टी । रेशामा सलमान खानको पूर्व पब्लिक रिलेशन म्यानेजर । सलानले रेशमालाई हटाइदिएका थिए । यहाँसम्म त सबै ठिकठाक थियो । तर, जब उनै पिआर म्यानेजर रेशमालाई अक्षयले काखी च्यापे, दबंग ब्वाई शान्त रहनै सकेनन् ।

भनिन्छ, रेशमाले अक्षयका लागि उत्कृष्ट प्रोजेक्ट लिएर आएकी छिन् । अझ खरो कुरा त के भने, रेशमाले ‘बिग बोस-११’ अक्षयलाई दिलाउन चाहन्थे । तर, त्यस्तो हुन पाएन । यो कुरा जब सलमानले थाहा पाए, तब उनी एकदमै रिसाए ।

केहि समयअघि गोवामा आयोजित इन्टरनेशनल फिल्म फेस्टिभल अफ इन्डियामा सलमान र अक्षय दुबे सामेल भए । दुबै इभेन्टमा भेट भएपनि बोलेनन् । उनीहरुको हाल देखेर अरु सेलिब्रेटीले दिक्क माने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment