Comments Add Comment

नेपाल र युएईबीचको खेल सुरु, टस हारेर नेपाल ब्याटिङ गर्दै

२० मंसिर, काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम चरण अन्तर्गत नेपाल र युएईबीचको पहिलो खेल सुरु भएको छ ।

दुवईको शेख जायद रंगशालामा नेपालले टस हारेर पहिले ब्याटिङ गरिरहेको छ । नेपालका उपकप्तान ज्ञानेन्द्र मल्ल र विकेटकिपर ब्याट्सम्यान दिलिप नाथले नेपालको ओपनिङ ब्याटिङ गरिरहेका छन् ।

आजको खेलमा दिपेन्द्र सिंह ऐरी, सागर पुन र करण केसीलाई आराम दिइएको छ ।

नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिपको शीर्ष चारमा रहेर डिभिजन वान मै रहिराख्ने र विश्वकप छनोट खेल्ने सम्भावना गुमाइसकेको छ । यस्तोका युएईसँगको खेल नेपालका लागि प्रतिष्ठाका लागिमात्र हो ।

नेपाल र युएईबीचको दोस्रो खेल शुक्रबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment