Comments Add Comment

पेन्टी र ब्रा धुने निहुँमा पतिसँग डिभोर्स

एक अनौठो घटना सार्वजनिक भएको छ, जुन थाहा पाउँदा आश्चर्य मान्नुको विकल्प हुनेछैन ।

एक जना व्यक्तिले जिउका भित्री वस्त्रसँग के त्यस्तो गर्दा रहेछन् की पत्नीले उनीसँग डिभोर्स नै गर्ने फैसला गरिन् ।

समाचार अनुसार अन्डरवेयरलाई गलत तरिकाले धोएको निहुँलाई लिएर विवाद यति बढ्यो कि मामिला डिभोर्ससम्म पुग्यो ।

घटना विश्वासै गर्न गाह्रोपर्ने जस्तो छ । तर महिला आफैले सोसल मिडियामा शेयर गरिसकेपछि विश्वास गर्नैपर्यो । ती महिलाका अनुसार उनका लोग्नेले अल्छी नमानीकन दुबैजनाका कपडा धुने गर्दा रहेछन् ।

लोग्नेको यस्तो सहयोगी बानी सुरुमा त ती महिलालाई निकै मन पर्यो । उनले लोग्नेको प्रसंसा खुबै गर्थिन् ।

तर जब उनका पतिले भित्री वस्त्र समेत वासिङ मेसिनमा हालेर धुन थाले तब विवाद सुरु भयो । भित्री वस्त्रलाई वासिङ मेसिनमा हालेर धुनाले लुगा छिटै फाट्ने भन्दै उनले लोग्नेलाई भित्री वस्त्रहरु धुनका लागि मेसिनमा नहाल्न भनिन् ।

हातैले धुनुपर्ने भनेर प्रष्ट रुपमा ट्यागमा लेखेका भित्री वस्त्रसमेत आफ्नो लोग्नेले वासिङ मेसिनमा हालेर धुन थालेपछि उनको रिसको पारो तात्यो । उनले लोग्नेलाई धेरै सम्झाइन् त्यसो नगर्नका लागि । तर उनका पति मान्नेवाला थिएनन् । जसका कारण उनले आफ्ना लोग्नेसँग डिभोर्स गर्ने निधो गरिन् ।

दश वर्षअघि बिहे गरेकी उनले ब्रा तथा पेन्टी धुने विवादका कारण लोग्नेसँग डिभोर्स गर्ने निर्णय गरेको कुरा सोसल मिडिया मम्स नेटमा सार्वजनिक गरेपछि त्यसले ठूलै बहसको सिर्जना गरेको छ ।

कतिपयले उनले ठिकै गरेको भनेका छन् भने कतिपयले चर्को आलोचना गरेका छन् । ती महिलाले आफ्नो नामचाहीँ खुलाएकी छैनिन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment