Comments Add Comment

यो हो दुनियाकै खराब चिडियाखाना, हेर्न जानेहरु किन रिसाए ?

दक्षिणी चीनको गुआंग्जी झुआंग स्वायत्त क्षेत्रस्थित युलिन सहरमा हालै स्थापना गरिएको गुइसान चिडियाखाको उद्घाटन गर्नका लागि ठूलै प्रचार प्रसार गरिएको थियो ।

चिडियाखानामा दक्षिणी ध्रुवको पेन्गुइनदेखि अन्य धेरै जीवहरु हेर्न पाइने भनी प्रचार गरिएकोले चिडियाखानाको उद्घाटन हुने दिनमा ठूलो संख्यामा आन्तरिक पर्यटकहरु त्यहाँ पुगे । तर, जब उनीहरु चिडियाखाना भित्र छिरेर त्यहाँ हुने भनिएका जनावरहरु हेरे, तब उनीहरुको आक्रोसको सिमा रहेन ।

नरिसाउन् पनि किन ? कत्ति न के के जनावर राख्ने भनिएको उक्त चिडियाखानामा पेन्गुइन साँच्चीकैको थिएन, प्लास्टिकका पेन्गुइन गुडियाहरु मात्र राखिएका थिए ।

१५ युआन तिरेर चिडियाखानामा प्रवेश गर्ने मानिसहरुले चिडियाखानामा ज्यूँदा जनावरको नाउँमा केवल कछुवा, कुखुरा तथा हाँसहरु मात्र देख्न पाए ।

कछुवा एउटा सिसाको बाकसमा राखिएको थियो र त्यस बाहिर भाग्यशाली कछुवा लेखिएको थियो । त्यसैले चिडियाखाना जाने मानिसहरु आफ्नो भाग्य खुल्ने आशामा कछुवालाई पैसा चढाइरहेका थिए ।

चिडियाखानामा २ वटा कुखुरा र ५ वटा हाँस थिए ।

चिडियाखानाले गलत विज्ञापन गरेर मानिसहरुलाई चिडियाखानाभित्र प्लास्टिकका पेन्गुइन देखाएको फोटोहरु इन्टरनेटमा सार्वजनिक भएसँगै त्यो चीनका मिडियाहरुमा हेडलाइन बन्यो ।

तर त्यस्तो गलत विज्ञापन गरेर आगन्तुकबाट पैसा असूल्ने चिडियाखाना व्यवस्थापनलाई कारवाही भने हुन सकेको छैन । मानिसहरुले त्यो चिडियाखानालाई विश्वकै सबैभन्दा खराब चिडियाखानाको दर्जा दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment