Comments Add Comment

गुगल हेरेर आफ्नो उपचार आफैं गर्छन् ७० प्रतिशत मानिसले

गुगल सर्च इन्जिन पछिल्लो समयमा जनस्वास्थ्यका लागि समेत निकै महत्वपूर्ण तथा फलदायी बनिरहेको अध्ययनले देखाएको छ ।

बेलायतमा गरिएको एक अध्ययन अनुसार तिन चौथाई बेलायतीहरुले गुगल हेरेरै आफ्नो जिउमा हुने साना तिना स्वास्थ्य समस्याको उपचार आफै पहिल्याउने गरेका छन् ।

शोधकर्ताहरुका अनुसार रोगका लक्षणहरु तथा उपचारका लागि प्रयोग हुने विधि र औषधि इत्यादिको बारेमा इन्टरनेटमा गुगल सर्चमार्फत खोजी गरी सामान्य रोगमा आफ्नो उपचार आफै गर्ने बेलायतीहरु हरेक दश जनामा ७ जना रहेका छन् ।

सामान्य स्वास्थ्य समस्याका लागि समेत डाक्टरकोमा गएर चेकअप तथा उपचार गराउने जम्मा ३० प्रतिशत मात्र रहेका छन् ।

औषतमा सबै बेलायतीहरु अहिले दुई तिहाइ जिवाणु तथा रोगविमारहरुको उपचार कुनै व्यवसायिक चिकित्सा उपचार विना आफै गर्नसक्ने विश्वास राख्दछन् ।

फ्युचर यू नामक संस्थाले गरेको अध्ययन अनुसार धेरै मानिसहरु इन्टरनेटमा विभिन्न खाले रोगहरुका बारेमा जानकारी लिने, अध्ययन गर्ने गरी स्वास्थ्यका विषयमा जागरुक हुने गरेका छन् ।

त्यस्तै विगतमा ७५ प्रतिशत बेलायतीले घरायासी विधिबाट रोगको रोकथाम गर्ने गरेको पनि अध्ययनले देखाएको छ ।

७० प्रतिशत मानिसहरु आफ्नो खानपानमा एक वा केही पटक परिवर्तन गर्दा आफ्नो स्वास्थ्या सुधार आएको विश्वास गर्दछन् र खानपान परिवर्तनको कौशल सिकनका लागि पनि इन्टरनेटको सहारा लिन्छन् ।

शोधले के देखाएको छ भने गुगलमा खोजेर आफ्नो रोग आफै पत्ता लगाउने मध्ये एक तिहाइले मात्र आफुले आफुलाई देखिएको रोगका लक्षणहरुको बारेमा यसअघि नै इन्टरनेटमा खोजतलास गरिसकेको कुरा डाक्टरलाई बताउँछन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment