Comments Add Comment

युएईबिरुद्ध नेपालले पहिलो विकेट गुमायो, नेपालको ५० रन पूरा

२० मंसिर, काठमाडाैं । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम चरण अन्तर्गत युएईबिरुद्धको खेलमा नेपाले पहिलो विकेट गुमाएको छ ।

ओपनर दिलिप नाथ १६ रनको व्यक्तिगत स्कोरमा पेविलियन फर्केका छन् । ३९ बलको सामना गरेका उनी १४.५ ओभरमा युएईका अहमद राजाको बलमा बोल्ड भए ।

नयाँ ब्याट्सम्यानको रुपमा शरद भेषावकर क्रिजमा आएका छन् ।

अर्का ओपनर उपकप्तान ज्ञानेन्द्र मल्ल ३३ रनको स्कोरमा खेलिरहेका छन् । १८औं ओभरको समाप्तिमा नेपालले ५० रनको आँकडा पार गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment