Comments Add Comment

घघडान मानिएका कम्पनीलाई पनि कमजोर रेटिङ, एशियन लाइफलाई ग्रेड फोर प्लस


२० मंसिर, काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले इक्रा नेपालबाट ग्रेड फोर प्लस रेटिङ पाएको छ । यसले कम्पनीको आधारभुत पक्ष औसतभन्दा कमजोर रहेको संकेत गर्छ ।

कम्पनीले ५० प्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो । कम्पनीको बजार हिस्सा ६ प्रतिशत बराबर रहेको र साना खेलाडीको रुपमा रहेको इक्राले उल्लेख गरेको छ ।

कम्पनी सञ्चालनमा आएको छोटो अवधिमै १० अर्ब रुपैयाँ बराबरको जीवन बीमा कोष रहेको छ । कम्पनीको २३ शाखा र ७२ उपशाखा सञ्चालनमा रहेको छ । कम्पनीको सल्भेन्सी मार्जिन निकै कम रहेको छ । कम्पनीको यो दरमा सुधार देखिदै गएको भएपनि यो दर १.५६ गुणा रहेको छ । तर कम्पनीले हकप्रद सेयर जारी गरेपछि भने यो दरमा थप सुधार हुनेछ ।

कम्पनीको ग्रस प्रिमियम रिटन चार वर्षयता बार्षिक १९ प्रतिशतको दरमा वृद्धि भइरहेको छ । समग्र क्षेत्रको यस्तो औसत वृद्धिदर २८ प्रतिशत रहेको छ । कम्पनीमा नयाँ प्रिमियम संकलन दरमा भने सुधार भएको छ । यो बार्षिक २७ प्रतिशतको दरमा रहेको छ । कम्पनीमा बीमा नविकरणको दर भने उच्च रहेको छ । यो दर ८६ प्रतिशत रहेको छ । कम्पनीको खुद लगानी आय ८० करोड रहेको छ भने औसत प्रतिलब्धि (प्रतिफल) दर कर कटाएर ७ प्रतिशत बराबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment