Comments Add Comment

यूएइमा नम्रताः ‘बोल्ड पहिरनदेखि बेष्ट मोडलसम्म’


नायिका नम्रता सापकोटाको चर्चा यसपटक यूएइको अवुधाबीमा खुबै भयो । उनी, अबुधाबीमा चर्चामा आउनुका दुई कारण छन् । संगिक्षा फिल्मस् र नमस्ते ट्राभल्स एन्ड टूरको आयोजनामा यूएइको अवुधाबीमा भव्यताका साथ सम्पन्न भएको ‘दोश्रो नेपाली म्यूजिक भिडियो अवार्ड’मा नम्रताले ‘उत्कृष्ट मोडल’को उपाधि जितिन् ।
ट्रफी उचाल्दै गर्दा निकै खुशी देखिएकी नम्रताले यो अवार्डले आफ्नो काममा अझै हौसला दिने बताइन् ।

कार्यक्रममा मोडल विवेक सिंह ठकुरीले भने ‘उत्कृष्ट मोडल(पुरुष)को अवार्ड जितेका थिए । अवार्ड विजेता नम्रताको चर्चा हुनुको अर्को कारण थियो, उनको पहिरन ।

सुष्मा थापाले डिजाइन गरेको रातो गाउनमा नम्रता निकै बोल्ड देखिइन् । नम्रताले लगाएको रातो गाउनमा उनको ट्याटु स्पष्ट देखिएको थियो । नम्रता भन्छिन्-‘अवार्ड कार्यक्रममा नायिकाहरु बोल्ड एन्ड ब्यूटी देखिन जरुरी छ । म कार्यक्रमको प्रकार हेरेर पहिरन लगाउने गर्छु ।’

नम्रताको लगाएको पहिरनले यूएइबाट संचालित नेपाली मिडियामा पनि राम्रो स्थान पाएको थियो । सेलिव्रेटीको उपस्थिती हुने रेड कार्पेट विश्वभर नै सधै चर्चित रहन्छन् । अबुधाबीमा आयोजित ‘दोश्रो नेपाली म्यूजिक भिडियो अवार्ड’को रेड कार्पेटलाई पनि नेपालबाट गएका कलाकारले विशेष बनाउन कुनै कसर बाँकी राखेनन् ।

तस्बिरः श्रीधर पौडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment