Comments Add Comment

वतनिया एयरको नेपाल-कुवेत सीधा उडान अाजबाट, नेपाली कामदार लाभान्वित हुने


२१ मंसिर, काठमाडौं । नेपाल र कुवेतबीच  अाज बुधबारबाट पहिलोपटक  सीधा हवाई उडान सुरु हुने भएको छ । कुवेतको वतनिया एयरवेजले कुवेत सिटीबाट काठमाडौं र काठमाडौंबाट कुवेतसिटीसम्म दोहोरो सीधा हवाई सेवा थाल्न लागेको हो ।

कुवेत नेपाली कामदारको प्रमुख गन्तब्यमध्ये एक हो । अहिलेसम्म नेपाली कामदारलाई साउदी अरब भएर कुवेत पुग्नुपर्ने बाध्यता छ ।

वतननियाले न्यारोबडी एयरबसमार्फत सेवा थाल्न लागेको हो । नेपाल नागरिक उड्डय प्राधिकरणले रातको ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आएर पौने १२ बजे कुवत फर्किने गरी सेवा सञ्चालनको अनुमति दिएको हो ।

नेपाल र कुवेतबीच सन् २००६मा हवाई सम्झौता भएको थियो । कुवेतसँग सीधा हवाई समबन्ध स्थापना भएपछि युरोप र अफ्रिका जानेहरुलाई पनि सहज हुनेछ ।

वतनियालाई प्रारम्भिक रुपमा ३ महिनामा लागि उडान अनुमति दिइएको प्राधिकरणमा महानिर्देशक सञ्जीव गौतमले जानकारी दिए । वतनियाले सेवा प्रारम्भ गरेपछि नेपाल फर्किने र नेपालबाट कुवेत उड्ने कामदारलाई निकै सहज हुनेछ ।

कुवेत अहिले धेरै नेपाली कामदार जाने मुलुकमध्ये ५ औं स्थानमा पर्छ । त्यसैकारण दैनिक एउटा उडान गर्ने गरी वतनियाले अनुमति लिएको हो ।

अहिले खाडी मुलक जान कतार, दुबई, इत्तिहाद, ओमन, नेपाल, हिमालय लगायतका एयरलाइन्सले सीधा उडान गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment