Comments Add Comment

लसुन तरकारी हो कि मसला ?

लसुन तरकारी हो कि मसला ? यसबारेमा नयाँ विवाद सुरु भएको छ । विवाद पनि हासी मजाकमा मात्र होइन, यसले गम्भीर रुप लिएको छ र मुद्दा अदालतसम्म पुगेको छ ।

अहिले राजस्थान उच्च अदालतले राज्य सरकारसँग सोधेको छ कि लसुन तरकारी हो कि मसला ? यद्यपि राजस्थान सरकारले सन् २०१६ को नयाँ कानून अनुसार लसुनलाई अन्नको बजारमा बेच्नुपर्छ तर, त्यसभन्दा अगाडि लसुन तरकारी बजारमा बेचिन्थ्यो ।

बिक्रेताका अनुसार तरकारी बजारमा बेच्दा बिचौलियाले ६ प्रतिशतसम्म कमिसन दिन्छ जवकि अन्नको बजारमा बेच्दा केवल २ प्रतिशत कमिसन पाइन्छ । यही नै लसुन बेच्नेका लागि निराशाको कारण हो ।

के हो विवाद ?

यस विवादलाई लिएर जोधपुरको आलु प्याज र लसुन बिक्रेता संघले राजस्थान उच्च अदालतमा एक जनहित मुद्दा दायर गरेको छ । उजुरीमा उसले प्रश्न गरेको छ कि आखिर लसुन अन्न बजारमा किन बेचिन्छ ?

बीबीसीसँग कुरा गर्दै आलु प्याज र लसुन बिक्रेत संघका अध्यक्ष बंशीलाल शांखलाले भने, ‘पछिल्लो ४० सालदेखि हामी लसुन तरकारी बजारमा बेच्दै आएका छौं, अहिलेसम्म कुनै समस्या आएको छैन । यो पक्कै भएको छ कि तरकारी बजार सानो भएको छ । तर, सरकारले यसलाई अझै बिस्तार गर्नुको सट्टा ब्यापारीको दुःख बढाउन लागेको छ ।’

राजस्थान सरकारका अनुसार तरकारी बजारमा स्थान अभाव भएका कारण सरकारले कानून संशोधन गरी अन्न बजारबाट बेच्ने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment