Comments Add Comment

जाडोमा ब्रेकफास्ट नगर्दा हुनसक्छ यस्तो स्वास्थ्य समस्या

बाँच्नका लागि दिनमा तीन पटक भोजन लिनुपर्छ । स्वस्थ्य जीवनका लागि चार/पाँच पटकसम्म खानुपर्छ । एकसाथ धेरै होइन, बरु थोरै-थारै तर पटक-पटक खाना खानुपर्छ ।

खाना के खाने भन्ने कुरा जति महत्वपूर्ण छ, उत्तिनै महत्वपूर्ण छ कुन कुन बेला खाने भन्ने कुरा । यदि खाना खाने समयको तालमेल मिलेन भने, त्यसबाट पोषण प्राप्त हुने त होइन, बरु स्वास्थ्य समस्या ल्याउँछ । अपच, ग्याष्ट्रिक आदि खानपानकै तालमेल नमिल्दा हुने समस्या हुन् ।

खानपानमा पनि नास्ताको खास महत्व छ । नास्ता अर्थात बिहानको भोजन । दिनभर शरीरलाई आवश्यक इनर्जी बिहानको भोजनबाटै मिल्ने हो । त्यसैले बिहान नास्ता गर्नैपर्छ । पश्चिमा मुलुकमा यसलाई खानपान संस्कारकै हिस्सा बनाइएको छ । उनीहरु अनिवार्य ब्रेकफास्ट लिन्छन् । हामीकहाँ भने बिहानी भने दुध चियाबाट सुरु हुन्छ । धेरैले त बिहानको नास्ता लिदैनन् ।

बिहानको नास्ता सेवन नगर्दा के हुन्छ त ?

यदि बिहानको नास्ता गरिएन भने त्यसले शरीरमा एकदमै नकारात्मक असर गर्छ ।

टाइप २ मधुहको खतरा

अहिलेका पुस्ता खानपानमा एकदमै लापरबाही छन् । यसले स्वास्थ्य समस्या पैदा गर्छ । खासगरी बिहानको नास्ता नगर्दा टाइप-२ मधुमेहको खतरा हुन्छ ।

दिनभरको उर्जा

दिनभर चुस्त रहनका लागि खाना आवश्यक हुन्छ । यसमा पनि सबैभन्दा महत्वपूर्ण हुन्छ, बिहानको नास्ता ।

स्मरण क्षमता सही

जब हामी समयमा नास्ता गर्छौ, हाम्रो मस्तिष्क स्वस्थ्य हुन्छ । यसले गर्दा स्मरण क्षमता सही हुन्छ ।

न्युन रक्तचापको समस्या

यदि नियमित नास्ता गरिएन भने न्युन रक्तचापको खतरा हुन्छ । दृष्टि कमजोर हुनसक्छ । शरीरमा कमजोरी अनुभव हुन्छ । त्यसैले बिहानको नास्ता गर्नैपर्छ ।

चिडचिडापन कम हुन्छ

यदि समयमा नास्ता गरिएन भने चिडचिडापनको समस्या हुन्छ । यसले डिप्रेसनको समस्या निम्त्याउँछ । त्यसैले बिहान नास्ता गर्नुपर्छ ।

नराखौ लामो ग्याप

खानेकुरा सेवन गर्ने समयतालिका निश्चित गरौ । लामो ग्यापमा खानेकुरा सेवन गर्नु फाइदाजनक हुँदैन । कम्तिमा हरेक तीन घण्टाको अन्तरमा खानेकुरा सेवन गर्नुपर्छ । यसले गर्दा शरीरमा कुनै समस्या आउँदैन ।

यदि खानपानमा लामो ग्याप भयो भने त्यसले एसिडिटी वा पाचन सम्बन्धी समस्या ल्याउँछ । शरीरको प्रतिरक्षा क्षमता पनि कमजोर हुन्छ ।

के खाने नास्तामा ?

बिहान भरपेट नास्ता खाने भन्दैमा जस्तोसुकै खानेकुरा उपयुक्त हुँदैन । जंकफूड, प्याकेटको खानेकुरा, चिल्लो, मसलेदार खानेकुराले पाचन यन्त्रमा असर गर्छ ।

बिहानको नास्तामा उच्च फाइबर र लो कार्बोहाइड्रेटयुक्त खानेकुरा सामेल गर्नुपर्छ । यस किसिमको खानाले दिनभर शरीर फूर्तिलो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment