Comments Add Comment

हङकङ विश्वकप छनोटमा, नेपालले खेल्ने डिभिजन टूको सबै टोली टुंगो लाग्यो

२० मंसिर, काठमाडौं । पपुवा न्यूगिनीलाई २३ रनले हराउँदै हङकङले विश्वकप छनोटमा स्थान पक्का गरेको छ । साथै नेपालसँगै डिभिजन टूमा घटुवा हुने सबै टोलीको पन टुंगो लागेको छ ।

अब नेपाल, केन्या, यूएई, नामिबिया, ओमान र क्यानडाले डिभिजन टू खेल्नेछन् ।

दुबईमा पहिले ब्याटिङ गरेको हङकङले बाबर हायातको ७७ रनको मदतमा ८ विकेट गुमाएर २३० रन बनायो । जवाफमा मैदान उत्रिएको पपुवा न्यूगिनी ४७ ओभरमा २०७ रन बनाउँदा अलआउट भयो ।

जितसँगै १६ अंक जोडेको हङकङ अन्तिम खेलअघि नै विश्वकप छनोटमा स्थान बनाउन सफल भयो ।

विश्व क्रिकेट लिग च्याम्पियनसिपको शीर्ष चार टोली नेदरल्याण्ड, स्कटल्याण्ड, पीएनजी र हङकङले विश्वकप छनोटसँगै आईसीसी ओडीआई च्याम्पियनसिपमा स्थान बनाएका छन् ।

डिभिजन टूबाट शीर्ष दुई टोलीले पनि विश्वकप छनोटमा स्थान बनाउनेछन् । जहाँ विश्व क्रिकेट लिग च्याम्पियनसिपबाट घटुवा भएका नेपाल, केन्या, यूएई र नामिबिया तथा डिभिजन थ्रीबाट बढुवा भएका क्यानडा र ओमानबीच प्रतिस्पर्धा हुनेछ ।

नेपाल बुधबार नै यूएईसँग ७ विकेटले पराजित भएको छ । अब अन्तिम खेल पर्सि हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment