शुक्रबार, २९ मंसिर, २०७४
OnlineKhabar.com
Advertisment
SKIP THIS
Advertisment
SKIP THIS

सुदूरपश्चिममा भूकम्पको धक्का

अनलाइनखबर

२१ मंसिर, दार्चुला । सुदूरपश्चिमका जिल्लाहरूमा भूकम्पको धक्का महसुस गरिएको छ । बुधबार राती करिब ९ बजेर ६ मिनेट जाँदा भू्कम्प गएको हो । दार्चुला, डडेलधुरा लगायतका जिल्लाहरूमा भू्कम्पको धक्का महसुस गरिएको स्थानीयबासीले जानकारी दिएका छन् ।

राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार ५ दशमलव ७ रेक्टर स्केलको भूकम्प मापन गरिएको छ । भारतको उत्तराखण्ड अर्थात् नेपालको सीमा क्षेत्र भन्दा १ सय ८० किलोमिटर पर उत्तर पश्चिममा केन्द्रविन्दु बनाएर ५ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भू्कम्प मापन केन्द्र सुर्खेतका कार्यालय प्रमुख रत्नमणि गुप्ताले जानकारी दिए ।

करिब ५ सकेन्डसम्म भुकम्पले जमिन हलाएको थियो भने स्थानीयहरु घर बाहिर निस्किएका थिए ।

सुदूरपश्चिम भूकम्पको उच्च जोखिममा रहेको भूगर्भ विभागले जनाएको छ ।

२०७४ मंसिर २१ गते ६:३६ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this