Comments Add Comment

रोनाल्डोले बनाए समूह चरणका सबै खेलमा गोलको रेकर्ड

२१ मंसिर, काठमाडौं । रियल मड्रिडका फवार्ड क्रिष्टियानो रोनाल्डोले च्याम्पियन्स लिगको समूह चरणका सबै खेलमा गोल गरेका छन् ।

समूह चरणको अन्तिम खेलमा रियल मड्रिडले बोरुसिया डर्टमुण्डलाई ३-२ गोलले हराउँदा रोनाल्डोले गोल गरेका हुन् । उनले १२ औं मिनेटमा गोल गरेका थिए ।

यससँगै यो सिजन च्याम्पियन्स लिगको समूह चरणमा रोनाल्डोको गोल संख्या ९ पुगेको छ ।

साथै समग्रमा उनको गोल ११४ भएको छ । उनी चिरप्रतिद्वन्द्वी लिओनल मेस्सीभन्दा १७ गोलले पछाडि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment