Comments Add Comment

पर्सामा २० प्रतिशत मत खस्यो

२१ मंसिर, वीरगञ्ज । बिहान ७ बजेभन्दा केही ढिलो गरी पर्सामा शान्तिपूर्ण रुपमा मतदान सुरु भएको छ ।

एक महानगरपालिका, तीन नगरपालिका र १० गाउँपालिका गरी १४ वटा स्थानीय तह रहेको पर्सा जिल्लामा १६७ मतदानस्थल र ३५१ मतदान केन्ऽ छ ।

बिहान १०ः३० बजेसम्ममा २० प्रतिशतको हाराहारीमा मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्साले जनाएको छ । ”सबैतिर शान्तिपूर्ण रुपमा मतदान चलिरहेको छ ।” मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णले भने-”झण्डै २० प्रतिशत मत खसिसकेको अनुमान हामीले गरेका छौं ।”

परिचय पत्र भएर पनि मतदाता नामावलीमा नाम नभएको भनेर एक दुईवटा गुनासो आइरहेको उनले बताए । पर्साका प्रहरी उपरीक्षक डा.गणेश रेग्मीले पनि शान्तिपूर्ण रुपमा मतदान भइरहेको जानकारी दिए ।

पर्सा जिल्लामा चारवटा प्रतिनिधिसभा र आठ प्रदेशसभाको लागि १७६ जना उम्मेदवार चुनावी मैदानमा होमिएका छन् ।

जसअन्तर्गत चार प्रतिनिधिसभाका लागि ६४ जना र आठ प्रदेशसभाको लागि १४४ जनाले मनोनयन दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्साले जनाएको छ ।

एक लाख २४ हजार ४०९ महिला तथा १६ जना तेस्रो लिंगीसहित पर्सा जिल्लामा दुई लाख ९९ हजार ५४ मतदाता छन् ।

उनीहरुले नै उम्मेदवारहरुको भविष्य निर्धारण गर्नेछन् । मनोनयन दर्ता गरेका मध्ये ७६ जना उम्मेदवार स्वतन्त्र छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment