Comments Add Comment

मतदान गरेर फर्कदै गर्दा वृद्धको मृत्यु

२१ मंसिर, पाल्पा । पाल्पाको रामपुर नगरपालिका–६ को दरैठाटी मतदान केन्द्रबाट मतदान गरेलगत्तै बिहान ११ः३० बजे एक वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रामपुर नगरपालिका–६ का ८० वर्षीय झुलबहादुर कुमाल रहेको सोही वडाका वडाध्यक्ष हुमनाथ न्यौपानेले जानकारी दिए।

दमको रोगी रहेको कुमालले छोराको सहाराले मतदान गरेका थिए । मतदान गरेलगत्तै घर फर्कने क्रममा मतदान केन्द्र नजिकै उनको मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment