Comments Add Comment

भोट हालेपछि राष्ट्रकविले भने- अबको युग स्थायित्वको

२१ मंसिर, काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरलेले अब वास्तविक रुपमै नेपाल नयाँ युगमा प्रवेश गरेको बताएका छन् ।

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा लैनचौररस्थित जनकनाथ उच्च माविको मतदान केन्द्रबाट मतदान गर्दै ९९ वर्षीय राष्ट्रकवि घिमिरेले अब नेपाल स्थायित्वको बाटोमा अघि बढ्ने विश्वास व्यक्त गरे ।

‘अहिलेसम्म देशमा अस्थिरता थियो, अहिलेसम्म नेपालीहरु राजनीतिक व्यवस्था परिवर्तनमै अल्मलिए,’ घिमिरेले भने, अब अब स्थायित्व आउँछ । हामीले त्यसैका लागि आज मतदान गर्‍यौं ।’

उनले २००७ साल ताकाबाट परिवर्तन गरेका अन्य मुलुकहरुबाट नेपालले गाडी खरिद गरेर ल्याउने गरेको स्मण्रा गराउँदै अब यसरी अल्मलिनु नहुने बताए ।

‘हामीले उत्तम संविधान पाएका छौं । अब त्यहाँ जे लेखिएको छ त्यही बमोजिम काम हुनुपर्छ ।’ राष्ट्रकवि घिमिरेले भने, ‘अहिलेसम्म देश तल पर्‍यो । अब सबैभन्दा उच्च देश हो भन्ने भावनाले काम हुनुपर्छ । अब हामीभन्दा उच्च देश हुनुपर्छ ।’

उनले नेता नामले मात्रै नभएर अब कामले पनि नेतृत्व दिन सक्नुपर्ने खालको बन्नु पर्ने पनि उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment