Comments Add Comment

कलाकर्मीको चुनावः अर्ति, धम्की, सुझाव र सु्भेच्छा

‘अब दल र नेताले भन्दा देशले जित्न जरुरी छ ।’

अभिनेता हरिबंश आचार्यले भोट हाले लगत्तै यस्तो विचार राखे, सामाजिक सञ्जालमार्फत । यससँगै ब्यालेटमा भोट खसाइरको फोटो पोस्ट भयो । अभिनेता आचार्यले थपे, ‘एक दशक लामो राजनीतिक संक्रमणकालाकेा अन्त्य गर्दै देशले नयाँ संविधान अनुसार नयाँ संसद र नयाँ सरकार प्राप्त गर्दैछ ।’ उनले अबको बाटो स्थायित्व, समृद्धि र विकास भएको भन्दै थपेका छन्, ‘यसमै सबै दल, जनता र देशको जीत हुनेछ ।’ अब नसोधौ उनले केमा भोट हाले ? कसलाई भोट हाले ?

मेरो भोट ९/९ महिनामा सरकाको गर्भपतन गर्नेलाई लाइसेन्स नबनोस्

त्यसो तहास्य कलाकार मनोज गजुरेल नेपाली राजनीतिमा निकै अपडेट रहन्छन् । उनी नेताहरुको खराब कृत्यमाथि उछितो काट्न पनि पछि पर्दैनन् । राजनीति विकृति र विसंगति उनको हास्य खुराक बन्ने गर्छ । अतः गजुरेलले भोट हालेपछि आफ्नो अपेक्षासहित चेतावनीको स्टाटस राखेका छन्, ‘मतदानको सम्मान होस् । जनादेशको अपमान नहोस् । पाँच बर्षे स्थायी सरकार बनोस् । समृद्धिको ढोका खुलोस् । मेरो भोट ९/९ महिनामा सरकाको गर्भपतन गर्नेलाई लाइसेन्स नबनोस् ।’

मायाले संसार थाम्दैन, मतदान गर्नुपर्छ

हास्य कलाकार विल्सन विक्रम राईलाई स्टेज तताउनका लागि राजनीतिक विषय चाहिन्छ नै । यद्यपी उनी राजनीतिभन्दा सामाजिक विकृति, विसंगतीलाई हाँसोको खुराक बनाउँछन् । उनले आफ्नो तर्फबाट निर्वाचन पद्धती आवश्यक हुने ठहर गरेका छन् । त्यसैले त निर्वाचन सुरु हुनु अघि उनले लेखे, ‘हजुरको भोलिको एक मतदान आफ्नो देश उठाउनका लागि । मायाले सन्सार थाम्दैन, मतदान गर्नुपर्छ ।’

यससँगै उनले एउटा चित्र राखेका छन् । जसमा दुबै हात भएका व्यक्ति भिखारी बनेको छन् । अर्को दुबै हात नभएका व्यक्ति श्रम गरिरहेका छन् ।’ यी तस्विरलाई प्रतिकात्मक रुपमा प्रस्तुत गर्दै राईले सोधेका छन्, ‘हाम्रो देश कुन मान्छे देख्नुहुन्छ ?’ उनको यो कटाक्ष मगन्ते प्रवृत्तितर्फ लक्षित छ ।

पार्टीमुखी होइन देशलाई प्रगति गराउने उम्मेदवारको खाँचो

अभिनेत्री पि्रयंका कार्कीले भोट हालेपछि फेसबुकमा मतदाता परिचयपत्रसहितको तस्बिर पोस्ट गरेकी छिन् । तस्बिर मात्र पोस्ट गरेकी छैनन् । लेखेकी पछि छिन्, ‘मतदान हाम्रो नैसर्गिक अधिकार हो । यसलाई हामी सबैले उपयोग गरौं ।’ संभवत उनी पनि कुनै पार्टीको झन्डामुनी छैनन् । यसको पुष्टि हुनेगरी लेखेकी छिन्, ‘पार्टीमुखी हुनुभन्दा देशलाई प्रगतिको बाटोमा लाग्न सक्ने सहि उम्मेदवारको छनौट गरौं । सबैको जय होस् ।’

निर्देशक तथा अभिनेता निश्चल बस्नेतल फेसबुकमा सेल्फी पोस्ट गरेका छन् । यसो भन्दै, ‘भोट चै हालौ हैं ।’

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment