Comments Add Comment

बमको जिम्मा विप्लव समूहले लियो, आज साँझदेखि नपड्काउने वचन

भगौडा सेना र प्रहरी पनि सहभागी भएको पुष्टि

नेत्रविक्रम चन्द ‘विप्लव’

२१ मंसिर, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले चुनावका क्रममा भएका बम विष्फोटका घटनाको जिम्मेवारी लिँदै आजबाट बम हमला रोकिने जनाएको छ ।

बम बिष्फोटनलाई प्रतिरोधका घटना भन्दै सो पार्टीले मतदान सकिएपछि बम बिष्फोटनका सबै कार्यक्रम फिर्ता हुने जनाएको हो ।

विप्लव नेतृत्वको नेकपाका पोलिटब्यूरो सदस्य ओमप्रकाश पुनले अनलाइनखबरसँग भने– ‘देशभर प्रतिरोधका घटना हाम्रो नेतृत्वमा भएका हुन्, चुनाव खारेजी अभियानको नेतृत्व हामीले गरेको हुनाले सबै घटनाको जिम्मा हामी लिन्छौं ।’

बम विष्फोटनमा एक म्यादी प्रहरीको मृत्यु भएको तथा निर्दोष सर्वसाधारण तथा उम्मेदवारहरुको ज्यान लिने प्रयास भएको सन्दर्भमा विप्लब समूहले कुनै आत्मालोचना गर्न चाहेको छैन ।

सो समूहका नेता पुनले प्रतिरोध अभियानका क्रममा कतिपय त्यस्ता घटना भएको हुन सक्ने बताए ।

उनले वम विष्फोटनका घटनामा भगौडा सुरक्षाकर्मीहरुको पनि सहभागिता रहेको स्वीकार गरे ।

तर, युद्धकालमा माओवादीकै आह्वानमा सेना प्रहरीको जागिर छाडेर जनयुद्धलाई सघाएकाहरुलाई भगौडा भन्न नमिल्ने पुनको तर्क छ ।

उनले भने– ‘हिजो प्रचण्ड र वर्षमान पुनहरुकै आह्वानमा जागिर छाडेर जनयुद्धलाई सघाएका सेना प्रहरीलाई भगौडा भन्न मिल्दैन । उनीहरु अहिले प्रतिरोध अभियानमा छन्, बम विष्फोटनका घटना आज साँझदेखि रोकिनेसमेत उनले प्रष्ट पारे ।

यो पनि पढ्नुस्

गगन थापालाई लक्षित गरी बम विष्फोट गराउने विप्लव समूहका ६ जना पक्राउ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment