Comments Add Comment

केकी भन्छिन्-‘पार्टी र व्यक्ति भन्दा माथि सोचेर मतदान गरेँ’


नायिका केकी अधिकारीले आफ्ना माता र पिताको साथमा पुगेर मतदान गरेकी छिन् । गोकणेश्वर नगरपालिकामा रहेको मतदान स्थलमा करिब ४५ मिनेट लाइनमै बसेर केकीले भोट हालिन् । यसअघि उनी मतदान गर्न ढिलो जाने भएकाले लाइन बस्नु परेको थिएन ।

उनले पहिलो पटक लाइनमै बसेर भोट हालेकी हुन् । मतदान पश्चात अनलाइनखबरसँग कुरा गर्दै केकीले भनिन्-‘यसपटक मैले व्यक्ति र पार्टी भन्दा माथि उठेर मतदान गरेकी छु । आशा छ, मैले मतदान गरेको उम्मेदवार र पार्टीले जित्नेछन् ।’

स्थानिय निकायको चुनावमा मतदान गर्न केही अप्ठ्यारो भएतापनि यसपटक सजिलो भएको उनले बताइन् । उनले भनिन्-‘भोट हाल्नु अगाडि कसलाई हाल्ने भन्ने निर्णय गाह्रो नै हुन्छ । तर, पनि मतदान गर्नु नागरिकको दायित्व नै हो ।’ ‘कतिपय मानिसहरुलाई स्थानिय निकायमा पनि निर्वाचन गरेकै हो, फेरि किन गर्नु भन्ने सोच हुनसक्छ । तर, हामीले कसलाई देशको नेतृत्वका लागि पठाउने भन्ने सोच्न आवश्यक छ’, केकीले भनिन् ।

उनले पुर्खौदेखि भोट हाल्दै आएको पार्टीलाई नै मतदान गर्नपर्छ भन्ने भ्रमबाट माथि उठ्न आवश्यक रहेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment