Comments Add Comment

प्रमख निर्वाचन आयुक्तले भोट खसाल्ने केन्द्रबाट चार जना भोट हाल्न बन्चित

२१ मंसिर, सप्तरी । राजविराज नगरपालिका २ निवासी ४० वर्षीय निमा झा आफ्ना पति रामकुमारसँगै प्रतिनिधीसभा र प्रदेशको निर्वाचनमा मतदान गर्न गइन् । एकाबिहानै राजदेवी प्रावि मतदान केन्द्रमा भोंट खसाल्न पुगेकी उनी मतदान गर्नबाट बन्चित भइन् । कारण थियो, उनको मतदाता सूचीमा नामै थिएन् ।

मतदाता परिचय पत्र उनको हातमा थियो । तर उनको नााम सूचीमा भेटिएन । गत असोजमा भएको स्थानीय तहको निर्वाचनमा यही परिचय पत्रको आधारमा मत खसालेकी उनले यो निर्वाचनमा नामै गायव पारिएपछि निराश भएर र्फकेकी छन् । उनको श्रीमान् रामकुमारको नाम भने सूचीमा फेला परेपछि उनले मतदान गरेका छन् ।

मत खसाल्न सँगै गएका दम्पतिमध्ये श्रीमतिको नाम फेला नपर्नु राज्य पक्षको ठूलो कमजोरी हो निमाका पति रामकुमारले भने, ‘कसैलाई मतदान गर्नबाट बंचित गराउनु ठूलो पाप हो ।’

नीमाले मतदान गर्न नपाउँदा एकदमै दुःख लागेको बताइन् । ‘विकासप्रेमी नेतालाई मत दिन्छु भनेर खुशी खुशी मतदान केन्द्र गएकी थिएँ,’ उनले भनिन्, ‘तर नाम नै सूचीमा फेला नपरेपछि मनको लड्डु घ्यूसँग खान बाध्य भएकी छु ।’

प्रमुख निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादवले समेत मत खसाल्ने यो केन्द्रबाट चार जना परिचय पत्र लिएर आएपनि मत खसाल्न नपाएको मतदान अधिकृत इश्वर भण्डारीले बताए । उनले भने, ‘हालसम्म चार जना यस्ता फेला परेका छन् ।’

यो मतदान केन्द्रमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधी यादवले मतदान गर्ने केन्द्र हो । यद्यपी डा. यादव भने, ‘हालसम्म मत खसाल्न नआएको निर्वाचन अधिकृत इश्वर भण्डारीले जानकारी दिए ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment