Comments Add Comment

मतदान गर्दै प्रियंकाले भनिन्-‘एउटा पार्टीको बहुमत आए राम्रो’


नायिका प्रियंका कार्कीले आफ्नो देश आफैले बनाउने हो भन्ने सोच राख्दै आफूले मतदान गरेको बताएकी छिन् । काठमाण्डौ क्षेत्र नम्बर ४ की बासिन्दा प्रियंकाले मतदान पश्चात अनलाइनखबरसँग कुरा गर्दै भनिन्-‘मतदान गर्नु हरेक नेपालीको अधिकारको कुरा हो ।

मतदान नगरेपछि जनप्रतिनिधीसँग प्रश्न सोध्ने अधिकार पनि रहँदैन ।’ उनले आफ्नो पुर्खाले, बाबु-आमाले भोट हाल्दै आएका पार्टी र व्यक्तिलाई नै मतदान गर्नुपर्छ भन्ने नरहेको भन्दै आफ्नो मनले रोजेको पार्टीलाई भोट हाल्न अपिल पनि गरेकी छिन् ।

उनले अनलाइनखबरसँग कुराकानीका क्रममा भनिन्-‘मलाई कहिल्यै पनि व्यक्ति वा पार्टीलाई भोट हालौ भन्ने नै आएनँ । सधै मैले देशकै लागि सोचेर मतदान गरेँ ।’ मतदान गरेर पठाएका जनप्रतिनिधीले काम नगर्दा जनतामा दिक्क लाग्नु स्वभाविक भएको भन्दै अब देशले मुहार फेर्नेमा आफू विश्वस्त रहेको सुनाइन् । प्रियंकाले आफ्नो परिवारले एउटै पार्टीलाई भोट हालेको पनि बताइन् ।

यसपटक सबै दल राष्ट्रिय पार्टी नहुने भन्दै उनले भोट हाल्ने क्रममा सुरुवातमा केही अप्ठ्यारो लागेपनि पछि बुबाको सहयोगमा सजिलो भएको सुनाइन् । बिहान पौने ८ बजे नै मतदान गरेकी प्रियंकाले यसपटक कुनै एक पार्टीको बुहमत आउनेमा आशावादी रहेको बताइन् ।

अब जनताको प्रतिनिधित्व गर्ने सांसदले आफ्नो व्यक्तिगत स्वार्थ छाडेर देश र जनताका लागि काम गर्नुपर्ने उनको भनाई थियो । यति सुन्दर देशलाई अझै सुन्दर बनाउनका लागि सबैजना लाग्नुपर्ने आशा समेत प्रियंकाले व्यक्त गरेकी छिन् । उनले, आफूले मतदान गरेको पार्टी र व्यक्तिले निर्वाचन जित्नेमा ढुक्क रहेको समेत बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment