Comments Add Comment

रेखा भन्छिन्-‘जुन जोगी आएपनि कानै चिरेका भनेर नवसौ’


नायिका रेखा थापाले दोश्रो चरण अन्र्तगतको प्रदेश र प्रतिनिधी सभाको निर्वाचनमा जनताको सहभागीता कम भएको बताएकी छिन् । काठमाण्डौको मित्रपार्कस्थित पशुपति क्याम्पसमा बिहान ११ बजे मतदान गर्न पुगेकी रेखाले स्थानिय निर्वाचनमा जस्तो उत्साह यो निर्वाचनमा नदेखेको बताइन् ।

यसपटक, विभिन्न कुराले मतदानमा असर गरेको उनको भनाई थियो । बम काण्ड, जनतामा नैराश्यता लगायतका कारणले पनि मतदाताको उत्साह कम भएको रेखाको भनाई थियो । तर, उनले ढुक्क भएर मतदान गर्न सबैसँग अपिल पनि गरिन् । ‘यो पल्ट हामीले छान्यौ भने मात्र अर्को पटक हाम्रो अभिभावक खारिएर आउछन्, जुन जोगी आएपनि कानै चिरेका भनेर नवसौ’, रेखाले अनलाइनखबरसँग भनिन् ।

जुन जोगी आएपनि कानै चिरेका भन्दा पनि त्यस्ता जोगीलाई बहिष्कार गर्नुपर्ने रेखाको भनाई थियो । उनले आफूले मतदान गरेका उम्मेदवारले जित्नेमा आफू विश्वस्त रहेको पनि बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment