Comments Add Comment

ओखलढुंगाको मतगणना लिखु र चिसंखुगढीबाट

ओखलढुंगाको मतगणनास्थल

२१ मंसिर, ओखलढुंगा । ओखलढुंगामा संघीय प्रतितिनिधी सभा र प्रदेश सभा निर्वाचनको मत गणनाको तयारी पूरा भएको छ । मतगणनाका लागि सर्बदलीय बैठक बसिरहेको छ ।

मत गणनास्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ । मतगणनाका लागि जिल्ला समन्वय समितिको हलमा तयारी गरिएको छ । मतगणना स्थलमा प्रवेश गर्न मुख्य निर्वाचन अधिकृतले जारी गरेको प्रवेश पास पाएका व्यक्तिले मात्र पाउने व्यवस्था गरिएको छ ।

सञ्चारकर्मीहरुलाई प्रवेश पास दिइएको छ । तर लामो समय बस्न अनुमति दिइएको छैन । आलोपालो गरेर समाचार सम्प्रेसणका लागि सञ्चारकर्मीहरुका बीचमा सहजीकरण गर्न नेपाल पत्रकार महासंघ जिल्ला शाखाका कार्यवाहक अध्यक्षलाई जिम्मेवारी दिइएको छ ।

प्रवेश गेटमै जाँच गरेर मात्रै प्रवेश अनुमति दिइने मुख्य निर्वाचन अधिकृत कैलाश केसीले बताए । मत गणना प्रतिनिधि सभाको एक ठाउँ र प्रदेश सभा सदस्यको क्षेत्र कको पहिले गणना गर्ने सहमति भएको छ । सर्वदलीय बैठकमा संघीय प्रतिनिधिसभाको लिखु गाउँपालिका र प्रदेश सभा कको चिसंखुगढी गाउँपालिकाबाट शुरु गर्ने सहमति भएको छ ।

एक गाउँपालिकाको एक वडाको एक केन्द्र र अर्को वडाको अर्को केन्द्रको मिसाएर गणना हुने सहायक निर्वाचन अधिकृत तीर्थराज भट्टराईले बताए ।

ओखलढुंगामा संघीय प्रतिनिधि सभाका लागि नेकपा एमालेका केन्द्रीय सदस्य तथा निवर्तमान सांसद यज्ञराज सुनुवार र कांग्रेसका युवा नेता निवर्तमान सांसद रामहरि खतिवडाबीच मुख्य प्रतिस्पर्धा रहेको छ । प्रदेश सभा कमा कांग्रेसका मित्रसेन दाहाल र एमालेका अम्बिरबाबु गुरुङ, खमा कांग्रेसका जिल्ला सभापति प्रदिपकुमार सुनुवार र माओवादी केन्द्रका मोहनकुमार खड्काबीच तीव्र प्रतिस्पर्धा हुने अनुमान छ ।

संघीय समाजवादी फोरम, राष्ट्रिय जनमोर्चा, नेकपा माले लगायतका साना दल पनि चुनावी प्रतिस्पर्धामा छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment