शनिबार, १ पुष, २०७४
OnlineKhabar.com

भोजपुरको प्रदेश ‘ख’मा शेरधन राईको सुरुवाती अग्रता

अनलाइनखबर

शेरधन राई

२१ मंसिर, भोजपुर । भोजपुर प्रदेश ख मा वाम गठबन्धन्तर्फका नेकपा एमालेका उम्मेदवार पूर्व सूचना तथा सञ्चार मन्त्री शेरधन राईले झण्डै दोब्बर मतान्तरका साथ सुरुवाती अग्रता लिइरहेका छन् ।

सदरमुकामस्थित मूख्य निर्वाचन अधिकृतको कार्यालय, भोजपुर अदालतमा साढे ५ बजेदेखि भइरहेको मतगणनामा अहिलेसम्म शेरधन राईले १ हजार ५८ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनतर्फका उम्मेदवार नेपाली कांग्रेसका गोविन्दबहादुर कार्कीले ५ सय ९८ मत प्राप्त गरेका छन् । प्रदेश ख मा हालसम्म ४ वटा मतदान केन्द्रको मतगणना सकिएको छ ।

त्यस्तै प्रदेश क मा एमालेका राजेन्द्रकुमार राई २५ मतले अगाडि छन् । यहाँ राईले ३ सय ७२ मत र संघीय समाजवादी फोरमका अजम्बर काङ्गमाङ्गले ३ सय ४९ मत प्राप्त गरेका छन् ।

उता भोजपुरको प्रतिनिधिसभामा भने लोकतान्त्रिक गठबन्धनले शुरुवाती अग्रता लिएको छ । यहाँ नेपाली कांग्रेसका उमेशजंग रायामाझीले ७१९ मत प्राप्त गरेका छन् । माओवादी केन्द्रका सुदन किरातीको ६६३ मत छ ।

२०७४ मंसिर २१ गते २१:३० मा प्रकाशित (२०७४ मंसिर २२ गते ७:१२मा अद्यावधिक गरिएको)

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this