Comments Add Comment

ओखलढुंगाको मतगणना जारी, एमाले नेता यज्ञराजको अग्रता

२१ मंसिर, ओखलढुंगा । ओखलढुंगामा प्रतिनिधि सभा तर्फ लिखु गाँउपालिकाको चार वडाको मत गरिसक्दा एमालेका यज्ञराज सुनुवारले अग्रता लिएका छन् ।

हाल सम्म ३ हजार ४ सय ४५ मत गणना भैसकेको छ । पछिल्लो पटक सार्वजनिक भएको परिणाम अनुसार बाम गठबन्धनका उमेद्वार यज्ञराज सुनुवारले २ हजार ७७ मत प्राप्त गरेका छन् । त्यस्तै काङ्ग्रेसका रामहरि खतिवडाले ९ सय ९३ मत प्राप्त गरेका छन् ।

अहिलेसम्म प्रतिनिधि सभा तर्फ लिखु गाँउपालिकाका सिंहदेवी टारकेरावारी र पोकली गरी चारवटा वडाहरुको मतगणना कार्य सकिएको छ ।

त्यस्तै प्रदेश सभा तर्फ चिशखुगढी गाँउपालिकाको मतगणना सुरु भएको छ । पछिल्लो पटक सार्वजनिक प्रदेश सभाको मत अनुसार एमालेले ९ सय ५६ र नेपाली कांग्रेसले ४ सय ५५ मत प्राप्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment