शुक्रबार, २९ मंसिर, २०७४
OnlineKhabar.com

बालोन डि’ओर अवार्ड रोनाल्डोलाई, मेस्सीसँग बराबरी

अनलाइनखबर

२२ मंसिर, काठमाडौं । स्पेनिस जायन्ट रियल मडि्रडका पोर्चुगिज फरवार्ड क्रिष्टियानो रोनाल्डोले पाँचौं पटक बालोन डि’ओर अवार्ड जितेका छन् ।

लगातार दोस्रो पटक यस उपाधि जितेका रोनाल्डोले प्रतिस्पर्धी क्लव बार्सिलोनाका लियोनल मेस्सीसँग बराबरीसमेत गरेका छन् ।

३२ वर्षीय स्ट्राइकर रोनाल्डोको अहम् प्रदर्शनले अघिल्लो सिजन रियल मडि्रडले घरेलु लिग ला लिगा साथै युरोपियन क्लव फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि जितेको थियो । यसक्रममा उनले ४२ गोल गरेका थिए ।

बालोन डि’ओर अवार्ड फ्रान्सेली फुटबल संघले हरेक वर्ष प्रदान गर्छ । सन् २०१६ अघिसम्म फिफा र फ्रान्सेली फुटबलले संयुक्त रुपमा यस अवार्ड प्रदान गर्थे ।

अवार्ड ग्रहण गरेपछि प्रतिक्रिया दिँदै रोनाल्डोले भने कि ‘यस्तो उपलब्धी म हरेक वर्ष हासिल गर्न चाहन्छु ।’

‘रियल मडि्रडका टिममेटलाई धेरै धन्यबाद र मलाई यस स्तरमा पुर्‍याउन सहयोग गर्ने हरेकलाई धन्यबाद ।’ उनले भने ।

२०७४ मंसिर २२ गते १:३१ मा प्रकाशित (२०७४ मंसिर २७ गते १८:०९मा अद्यावधिक गरिएको)

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

२ प्रतिकृयाहरू प्राप्त
  • Tirtha लेख्नुहुन्छ    |   २०७४ मंसिर २२ गते ९:५९

    Congrulation CR7

    5
    4
    Share

  • Ram Thapa लेख्नुहुन्छ    |   २०७४ मंसिर २२ गते १०:२५

    Club le Champions league,la liga jitera payou..in fact yesko credit team lai jancha na ki euta player lai..individualwise jane ho bhane it goes undoubtedly to Messi

    6
    7
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this