Comments Add Comment

पूर्वी रुकुममा माअोवादीको क्लिनस्वीप, प्रदेश र प्रतिनिधिसभाका तीनवटै सिटमा जित

कमला रोका

२२ मंसिर, रुकुम । नेकपा माओवादी केन्द्रले पूर्वी रुकुमबाट जितको सुरुवात गरेको छ । पूर्वी रुकुमको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवारहरु विजयी भएका छन् ।

प्रतिनिधिसभा सदस्यमा कमला रोका विजयी भएकी छन् । रोकाले निकटतम प्रतिस्पर्धी हरिशंकर घर्तीमगरलाई ६ हजार २८ मतअन्तरले हराइन् ।

रोकाले १० हजार ४३४ मत ल्याउँदा घर्तीले ४ हजार ४०६ मत ल्याए । रोका प्रतिनिधिसभामा निर्वाचित हुने पहिलो महिला सदस्य हुन् ।

नयाँ शक्तिका उम्मेदवार जितमान पुन ‘मार्शल’ले १ हजार ४८९ मत ल्याएका छन् ।

प्रदेशसभामा पनि माओवादी नै विजयी

तेजबहादुर ओली ‘प्रतिक’ (वायाँ) र पूर्णबहादुर घर्ती ‘आयाम’

यसैगरी प्रदेशसभातर्फ पनि दुईवटै क्षेत्रमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

क्षेत्र (क) मा माओवादी केन्द्रका तेजबहादुर ओली ‘प्रतिक’५ हजार ४२७ मतसहित बिजयी हुँदा उनका निकतम प्रतिस्पर्धी नेपाली कांग्रेसका दुतकुमार पुनले २ हजार १४४ मत पाए ।

त्यसैगरी, प्रदेशसभा (ख) मा माओवादी केन्द्र कै पूर्णबहादुर घर्ती ‘आयाम’५ हजार ८१६ विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका दत्तबहादुर बस्नेतले ३ हजार १११ मत ल्याएका छन् ।

यो पनि पढ्नुहोस्

कमला रोकाः पहिलो महिला छापामारदेखि सांसदसम्म

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment