Comments Add Comment

नुवाकोटमा वाम गठबन्धनका उम्मेदवारको अग्रता

 

२२ मंसिर, नुवाकोट । प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा नुवाकोटमा वाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । शुक्रबार बिहान ६ बजेसम्मको परिणाम अनुसार प्रतिनिधि सभा क्षेत्र नं. १ मा माओवादी केन्द्रका उम्मेदवार हितबहादुर तामाङले कांग्रेस उम्मेदवार डा. रामशरण महतलाई पछि पारेका छन् ।

तामाङले ३ हजार ३३३ मत पाएका छन् । कांग्रेस उम्मेदवार डा. महतले २ हजार ८७१ मत प्राप्त गरेका छन् ।

यस्तै, प्रतिनिधिसभा क्षेत्र नं. २ मा नेकपा एमालेका उम्मेदवार नारायणप्रसाद खतिवडा ३ हजार ७० मतको साथ अग्रस्थानमा छन् । कांग्रेसका उम्मेदवार अर्जुननरसिंह केसीले १ हजार ९७० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत लोकजंग शाहले जानकारी दिए ।

प्रतिनिधिसभा तर्फ जस्तै प्रदेशसभातर्फ पनि वाम गठबन्धनका उम्मेदवारहरुले अग्रता लिएका छन् । प्रतिनिधिसभा क्षेत्र नं. १ को (क) तर्फ माओवादी केन्द्रका उम्मेदवार राधिका तामाङ १ हजार ५२५ मतको साथ अग्रस्थानमा रहेकी छन् । कांग्रेसका उम्मेदवार महेन्द्र थिङले १ हजार ४१ मत प्राप्त गरेका छन् ।

प्रदेशसभा (ख) तर्फ एमालेका बद्री मैनालीले १ हजार ७३९ मत ल्याएर अग्रस्थानमा रहँदा कांग्रेस उम्मेदवार रमेशकुमार महतले १ हजार ११९ मत प्राप्त गरेका छन् ।

यस्तै, प्रतिनिधिसभा क्षेत्र नं. २ को प्रदेश (क) मा एमालेका उम्मेदवार केशवराज पाण्डेले एक हजार ९४८ मत ल्याएर अग्रस्थानमा रहेका छन् । कांग्रेस उम्मेदवार जगदीशनरसिंह केसीले १ हजार ३३४ मत प्राप्त गरेका छन् ।

प्रदेश (ख) तर्फ माओवादी केन्द्रका उम्मेदवार हिरानाथ खतिवडाले १ हजार ५२६ मत ल्याएर अग्रस्थानमा रहेका छन् । कांग्रेसका उम्मेदवार जगतबहादुर तामाङले १ हजार ३८८ मत प्राप्त गरेका छन् ।

नुवाकोटमा प्रनिनिधिसभाको दुई र प्रदेशसभाको चार पद गरी कुल ६ पदको लागि ४६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

अन्तिम नतिजा आउन तीन दिन लाग्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मंसिर १० गते पहिलो चरणमा भएको निर्वाचनमा एक लाख ३९ हजार ७६१ मतदाताले मतदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment