Comments Add Comment

डोल्पाको प्रदेशसभामा एमालेका नन्द बुढा चार गुणा मतसहित बिजयी

२२ मंसिर, डोल्पा । प्रतिनिधिसभामा एक मात्र सिट रहेको डोल्पाको प्रदेशसभा ‘क’ मा एमालेका नन्दसिंह बुढा निर्वाचित भएका छन् ।

बुढाले ४ हजार ८५९ मत प्राप्त गरी चार गुणा मतान्तरले बिजय हासिल गरेका हुन् ।

निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बेगमसिंह ठकुरीले १२१३ मत प्राप्त गरेका छन् ।

उनीहरुबीच ४ हजार मतको अन्तर देखिएको छ । प्रतिनिधिसभातर्फ पनि डोल्पामा एमालेकै धनवहादुर बुढा कांग्रेसका अंगद बुढाभन्दा तेब्बर मत सहित अगाडि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment