Comments Add Comment

रुपन्देहीमा सर्वदलीय बैठक बस्न नसक्दा मतणनामा ढिलाइ

२२ मंसिर, रुपन्देही । रुपन्देहीमा अझैसम्म पनि मतगणना शुरु हुन सकेको छैन । बिहीबार भएको सहमति अनुसार आज बिहान ८ बजेदेखि गणना सुरु हुनुपर्ने हो ।

तर, निर्वाचन क्षेत्र नं. ४ र ५ को सर्वदलीय बैठक बस्न नसक्दा मतगणनामा ढिलाइ भएको हो । निर्वाचन क्षेत्र नम्बर १, २ र ३ को मतगणना गर्न सहमति जुटिसकेको छ ।

उम्मेदवारहरुले आफ्ना प्रतिनिधिको नामावली दिन ढिलाइ गरेका छन् । जिल्लाका पाँच वटै निर्वाचन क्षेत्रको मतगणना भैरहवामा हुनेछ ।

क्षेत्र न १, २ र ३ को भैरहवा बहुमुखी क्याम्पस र क्षेत्र न ४ र ५ को शैक्षिक तालिम केन्द्रमा बसडिलवामा मतगणना हुने मुख्य निर्वाचन अधिकृत नरिश्वर भण्डारीले जानकारी दिए ।

यसअघि ४ दिनमा नै मतगणना सक्ने गर्ने तयारी गरिएको निर्वाचन कार्यालयले जनाएको थियो ।

रुपन्देहीमा प्रतिनिधिसभातर्फ ५ र प्रदेशसभातर्फ १० निर्वाचन क्षेत्र छन् ।

रुपन्देहीमा ७४.७४ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्याप्रसाद भण्डारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment