Comments Add Comment

मोरङमा मतगणना सुरु


२२ मंसिर, मोरङ । मोरङमा ११ बजेबाट मतगणना सुरु भएको छ । त्यहाँको क्षेत्र नम्बर ६ बाट मतगणना प्रारम्भ भएको हो ।

बिराटनगरको आदर्श माविमा मतगणना भइरहेको छ । क्षेत्र नं. ६ मा दुई जना हेभिवेट नेता प्रतिष्पर्धामा छन् ।

कांग्रेस नेता शेखर कोइराला र एमाले नेता लालबाबु पण्डित यो क्षेत्रबाट उम्मेदवार बनेका छन् ।

मोरङमा ६ वटै निर्वाचन क्षेत्रको मत गणना थाल्ने तयारी भएको छ । प्रत्येक क्षेत्रको मतगणना ३/३ स्थानमा गर्ने तयारी भएको मोरङको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment