Comments Add Comment

रजनीकान्तको अगाडि मलाई सुपरस्टार नभन्नुहोस्ः अक्षय कुमार


बलिउडका चर्चित नायक अक्षय कुमार र साउथका सुपरस्टार रजनीकान्त एउटै चलचित्रमा देखिदैछन् । यी दुइले अभिनय गरेको चलचित्र ‘२.०’ अप्रिल महिनाबाट रिलिजमा आउनेछ ।

यो चलचित्रमा अक्षय खलपात्रको भूमिकामा छन् । भीएफएक्सका कारण यो चलचित्रको प्रदर्शन मिति बारम्बार पछि सरेको हो । मिडियामा अहिले अक्षय र रजनीलाई सुपरस्टार भनेर सम्बोधन गरिन्छ ।

तर, अक्षयले भने यसमा आपत्ती जनाएका छन् । उनले भनेका छन्-‘रजनी सरको अगाडि मलाई सुपरस्टार नभनिदिनुहोला । मलाई असहज हुन्छ । वास्तविक सुपरस्टार त रजनी सर हुनुहुन्छ ।’

अक्षयलाई बलिउडमा सुपरस्टार भन्ने गरिन्छ । तर, रजनीको अगाडि अक्षयले आफूलाई सुपरस्टार नभनिदिन आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment