Comments Add Comment

मोरङमा मोदीको अग्रता कायमै, २ हजार मतअन्तरले पछि परे महेश

२२ मंसिर, विराटनगर । मोरङ क्षेत्रनम्बर ४ मा माओवादी केन्द्रका अमनलाल मोदीले अग्रता फराकिलो बनाउँदै लगेका छन् । मोदीले कांग्रेस नेता महेश आचार्यलाई २ हजार भन्दा बढी मत अन्तरले पछि पारेका छन् ।

वाम गठबन्धनका साझा उम्मेदवार मोदीले ७ हजार ८४ मत पाएका छन् भने कांग्रेस नेता आचार्यले ५ हजार ४२ मत पाएका छन् । आचार्य भन्दा मोदी २ हजार ४२ मतअन्तरले अघि छन् ।

मोरङ क्षेत्रनम्बर ६ मा पनि वाम गठबन्धनबाट एमालेका उम्मेदवार लालबाबु पण्डितले कांग्रेसका डा. शेखर कोइरालालाई १ हजार ४४६ मतअन्तरले पछि पारेका छन् । पण्डितले १० हजार २९७ मत पाएका छन् भने कोइरालाको पक्षमा ८ हजार ८३१ मत परेको छ ।

यो परिणाम २२ हजार ६१३ मत गनिसक्दाको हो । यो मत गणना गर्दा १ हजार १३७ मत बदर भएको छ ।

यसैगरी मोरङ क्षेत्रनम्बर १ मा पनि एमालेका घनश्याम खतिवडा अगाडि छन् । उनी ८०३ मतअन्तरले अगाडि छन् । खतिवडाले ९ हजार ७८७ र कांग्रेसका डिकबहादुर लिम्बुले ८ हजार ९८४ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment