Comments Add Comment

डोल्पामा एमालेका धनबहादुर बुढा विजयी

२२ मंसिर, काठमाडौं । एउटा मात्रै प्रतिनिधिसभा सदस्य रहेको डोलपामा वाम गठबन्धनबाट एमालेका धनबहादुर बुढा विजयी भएका छन् ।

बुढाले फराकिलो मतान्तरले कांग्रेसका अंगत बुढालाई पराजित गर्दै विजयी भएका हुन् ।

बुढाले ११ हजार ७६१ मत ल्याए भने कांग्रेसका अंगत बुढाले तीन हजार १६७ मत ल्याएका छन् ।

यहाँ नेकपा मालेका हर्कबहादुर ठकुल्लाले २९९ र राष्ट्रिय जनमुक्ति पार्टीका अर्जुनबहादुर शाहीले २२ मत ल्याएका छन् ।

डोल्पाको प्रदेश क’ मा एमालेका उम्मेदवार विजय भइसकेका छन् भने ‘ख’ मा पनि माओवादीका उम्मेदवार दोब्बरमतले अगाडि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment